फागुन अगाडि महाधिवेशन हुन सक्दैन भन्ने कुरा त पार्टीभित्र सहमति नै भैइसकेको छ – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

फागुन अगाडि महाधिवेशन हुन सक्दैन भन्ने कुरा त पार्टीभित्र सहमति नै भैइसकेको छ

रमेश लेखक–नेता नेपाली काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस राष्ट्रिय जनजागरण अभियानपछि केन्द्रीय कार्यसमितिको बैठकमा व्यस्त रहेको छ । जनजागरण अभियानको समिक्षा गर्दै भावी रणनीति बनाउने भन्दै काँग्रेस यतिबेला केन्द्रीय कार्यसमितिको बैठक गरिरहेको छ ।

चालु केन्द्रीय कार्यसमितिको बैठकमा काँग्रेसको संगठन चुस्तदुरुस्त बनाउनका लागि ग्रास रुटदेखि नै संगठनको नयाँ स्वरुपमा नियमावलीहरु तयारी गरिएको छ । नेपालको संविधान अनुसार स्थानीय वडादेखि प्रदेश सभासम्म निर्वाचन गराउनुपर्ने बाध्यताका बाबजुत नियमावलीहरुमा छलफल भइरहेको छ ।

चालु बैठकमा विभिन्न १३ ओटा विषयहरुमा व्यापक छलफल गर्ने तयारी गरिएको छ । यिनै नियमावली र काँग्रेसको चालु बैठकबारे प्रस्ट वक्ताका रुपमा रहेका नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री रमेश लेखकसँग नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अशंः

चालु नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले के–कस्ता निर्णयहरु गर्ने तयारी गर्दैछ ?
नेपाली काँग्रेसको कार्यसमितिको बैठक शुक्रबारदेखि निरन्तर चलिरहेको छ । मुलतः १३÷१४ वटा एजेण्डाहरु प्रस्तुत भइसकेका छन् । नेपाली काँग्रेसको नियमावलीलाई समसामयिक रुपले संशोधन र परिमार्जन गरेर त्यसमा सुधार गर्दै थप्नुपर्ने, हटाउनुपर्ने कुराहरु छन् भने त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । त्यसको सँगसँगै नेपाली काँग्रेसको नयाँ विधानले अन्तरिम व्यवस्था गर्ने गरिएको छ । कतिपय ठाउँमा नेपाली काँग्रेसका कमिटिहरु छैनन् ।

कतिपय ठाउँमा राज्य पुनः संरचना भएर स्थानीय तहको प्रतिनिधिसभा निर्वाचन क्षेत्रका भुगोलहरु परिवर्तन भएका छन् । त्यसका संख्याहरु परिवर्तन भएका छन् । त्यसलाई अहिलेको नयाँ परिवेश अनुकुल हुने गरेर संगठनलाई पुर्नगठन गर्ने प्रस्ताव गरिएको छ । त्यो प्रस्ताव गरिसकेपछि वा अन्तरिम व्यवस्थापन गरिसकेपछि १४औं महाधिवेशनका निमित कार्यतालिका प्रस्तुत गर्ने र कार्यतालिका कस्तो बनाउने भन्नेबारे तयारी गरिरहेका छौं ।

त्यसरी नै भातृ र शुभेच्छुक संस्थाहरुसँग सम्बन्धित भातृ र शुभेच्छुक संस्थाको महाअधिवेशन हुन बाँकी रहेकाको के गर्ने ? महाअधिवेशन गर्नुपर्ने अवस्थाको अनि त्यसपछि अरु व्यवस्थापनहरु कसरी गर्ने भन्ने लगायतको प्रस्तावरु छलफलका लागि लेराआइएको छ ।

चालु बैठकमा नेपाली काँग्रेसको महाधिवेशनको मिति तोक्ने तयारी पनि भइरहेको छ भन्ने पनि छ नि हो ?
नेपाली काँग्रेस पार्टीको अहिलेसम्मको वैधानिक व्यवस्था र अहिले सम्मका अभ्यासहरु, प्रचलनहरुलाई पहिला हामीहरुले बुझ्न जरुरी हुन्छ भन्ने मलाई लाग्छ । त्यो भनेको के हो भने नेपाली काँग्रेसको विधानले नेपाली काँग्रेसको सबै कार्य समितिहरुको अवधि चार वर्षको हुनेछ भनेर भनेको छ ।

त्यसका सँगसँगै के भनेको छ त भन्दा त्यो अवधिलाई केन्द्रीय कार्य समितिले निर्णय अनुसार एक वर्ष थप गर्न सक्छ भन्ने छ । त्यसैले महाअधिवेशन चारदेखि पाँच वर्षसम्ममा सम्पन्न गर्नुपर्ने अवस्था विधानले नै व्यवस्था गरेको हँदा सोही समयमा महाअधिवेशन हुन्छ ।

आजसम्म नेपाली काँग्रेसमा विगतमा भएका महाअधिवेशनहरुको अभ्यास हेर्नुभयो भने सबै अधिवेशनहरु पाँच वर्षमा सम्पन्न भएका छन् । पाँच वर्षमा पनि अधिवेशन हुन सकेन र विशेष परिस्थिति श्रृजना भयो भने ६ महिला अरु थप गर्न सकिन्छ भनेर अहिले संविधानले भनेको छ ।

त्यसोभए तपाईहरु जतिसक्यो समय बढाएर साँढे पाँच वर्षनै पु¥याउने रणनीतिमा लाग्दै हुनुहुन्छ होइन त ?
होइन, साँढे पाँच वर्षसम्मै जानुपर्छ भन्ने त मलाई लाग्दैन । तर आजसम्मको अभ्यास हेर्दाखेरी र अहिलेसम्म काँग्रेसको सबै महाधिवेशनहरु पाँच वर्षमा भएको हुँदा सोही अनुसार जान्छ भन्ने छ । पाँच वर्ष भित्रैमा महाधिवेशन गर्नुपर्छ भन्ने मलाई लाग्छ । पाँच वर्षभन्दा पहिला महाअधिवेशन हुनसक्ने सम्भावना देखिदैन । अर्को फागुन अगाडि महाधिवेशन हुन सक्दैन भन्ने कुरा त पार्टीभित्र सहमति नै भइसकेको हो ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी जेठमा नै महाअधिवेशन गर्नुपर्छ भनेर भनिरहनु भएको छ नि तपाई के भन्नुहुन्छ ?
अहिले जुन विधान छ त्यो विधानमा हामीले के व्यवस्था गरेका छौं भन्दाखेरी अन्तरिम व्यवस्थापन गर्ने भन्ने छ । अन्तरिम व्यवस्थापन भनेको के हो त भन्दाखेरी अहिले जतिपनि गाउँपालिका र नगरपालिकाको सिमाना परिवर्तन भएको छ, त्यो ठाउँमा नयाँ समिति बनाउने, १६५ वटा निर्वाचन क्षेत्रमा १६५ वटै नयाँ समिति बनाउने, ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ समिति बनाउने, ७ वटा प्रदेशहरुमा पनि नयाँ कार्यसमिति बनाउने र त्यसरी नै कतिपय वडाहरुमा पनि नयाँ कार्यसमिति बनाउने भनेर अन्तरिम व्यवस्थापन गर्ने भनेर हामीले विधानमा व्यवस्था गरेका छौं ।

त्यो व्यवस्था किन ग¥यौं त भन्दा महाअधिवेशनको अवधि पाँच वर्षसम्म जान सक्छ । किनभन्दा अहिले सम्मको अभ्यासले पनि पाँचवर्ष गएको छ । फेरी हामीले अहिलेसम्म क्रियाशिल सदस्यता वितरणको अभियान पनि प्रारम्भ गरेका छैनौं । महाअधिवेशनका लागि गर्नुपर्ने सबै तयारीहरु अगाडि बढिराखेको अवस्था छैन ।

त्यसो भएको हुनाले पाँच वर्षको समयावधि महाधिवेशन गर्ने भएको हुनाले तबसम्म यो पार्टीका सबै निकायहरुलाई यस्तै अवस्थामा रहनु भन्दापनि त्यसलाई पुर्नगठन गर्न आवश्यक हुन्छ भनेर अन्तरिम व्यवस्थापनको व्यवस्था गरिएको हो । त्यसो भएको हुनाले पाँच वर्षमा महाअधिवेशन गर्ने कुरामा विधान बनाउने बेलामा नै एक खालको बोध भएको मैले बुझेको छु ।

अहिलेसम्म अभ्यासले, परम्पराले हाम्रो गरिराखेको काम कुराले एउटा कुरा निश्चित के भएको छ भने नेपाली काँग्रेसको महाअधिवेशन पाँच वर्षमा भएको छ । स्वः नेता गिरिजाप्रसाद कोइराला सभापति हुँदा होस् वा स्वः नेता सुशील कोइराला सभापति हुँदा होस् अवस्था कार्यवाहक सभापति बन्ने वरिष्ठ नेता रामचन्द्र पौडेल भएको अवस्थामा होस् अथवा अहिलेको सभापति शेरबहादुर देउवा सभापति भएको अवस्थामा होस्, अहिलेसम्म हाम्रो अभ्यासले के कुरा देखिएको छ त भन्दा काँग्रेसको महाधिवेशन पाँच वर्षमा हुन्छ भन्ने छ ।

त्यसो भएको हुनाले अब यसलाई यो पाँच वर्षमा महाअधिवेशन हुने कुरा भनेको नयाँ कुरा होइन । कसैले अनर्थ गर्न लागेको कुरा पनि होइन । कसैले केही विशेष काम गर्न लागेका कुरा पनि होइन । त्यसो भएको हुनाले अहिलेसम्म भइराखेको व्यवस्थालाई नै निरन्तरता दिने हो ।

तर अधिकांश काँग्रेसका कार्यकर्ताहरु रेगुलर महाअधिवेशन हुनुपर्छ भन्ने पक्षमा छन् नि, तपाई के भन्नुहुन्छ ?
रेगुलर महाअधिवेशन भनेको के हो ? चार वर्षमा महाअधिवेशन भयोभने रेगुलर हुने र पाँच वर्षमा भयो भने इरेगुलर हुने हो र ? आजसम्म भएको महाअधिवेशन सबै इरेगुलर महाअधिवेशन हो र ? समयमै काम गर्ने हो । समयमै काम अगाडि बढाउने हो । समयमै अधिवेशन गर्नका लागि हामीले विधान पास ग¥यौ । समयमै अधिवेशन गर्नका लागि नियमावली पास गरिराखेका छौं । अहिलेसम्म नियामावली पास भएको छैन ।

नियमावली छलफलमा छ । क्रियाशिल सदस्यता वितरण भएको छैन । क्रियाशिल सदस्यता वितरण गर्न चारपाँच महिनाको समय लाग्छ । त्यो क्रियाशिल सदस्यताका सबै कुराहरु व्यवस्थापन गर्नुपर्छ । अनि क्रियाशिल सदस्यहरुबाट वडादेखी लिएर लोकतान्त्रिक प्रक्रियामा गएर नेपाली काँग्रेसको संगठन तयार गर्नुछ ।

नयाँ निर्वाचन गर्नुपर्छ । किनभने महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुलाई कसले निर्वाचित गर्छ त भन्दा वडाका क्रियाशिल सदस्यले निर्वाचित गराएर पठाउँछन् । त्यसैले क्रियाशिल सदस्य बनाउनुपरेको हो । क्रियाशिल सदस्यको अन्तिम नामावली तयार गर्नुप¥यो ।

त्यसपछि वडादेखी अधिवेशन सुरु गर्नुप¥यो । नेपाली काँग्रेसको महाअधिवेशन वडामा अधिवेशन नभइकन हुँदैन । वडामा महाअधिवेशन हुनका लागि क्रियाशिल सदस्यता नयाँ वितरण हुन आवश्यक हुन्छ । वडादेखि अधिवेशन गर्दै बल्ल महाअधिवेशन सुरु हुन्छ । त्यसपछि गाउँपालिका, नगरपालिकामा अधिवेशन हुन्छ । त्यसपछि प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुन्छ । त्यसपछि प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुन्छ ।

अनि जिल्ला अधिवेशन हुन्छ । त्यसपछि प्रदेश अधिवेशन हुन्छ, त्यसपछि बल्ल महाअधिवेशन हुन्छ । पार्टीका यि सबै कुराहरु तयारी गर्नका लागि आज हामी आषाढको महिना अन्तिममा छौं । मलाई लाग्छ हामीले अहिलेदेखि सबै काम कुराहरु सुरुवात अगाडि बढायौ भने यसले आजको डेढ वर्षमा अधिवेशन हुनसक्ने अवस्था देखिन्छ । अहिले चाँही त के भने फागुनको महिनामा महाअधिवेशन हुनसक्ने अवस्था छैन र हुँदै हुँदैन । त्यसपछि मलाई के लाग्छ भने १८÷२० महिना भित्रमा महाअधिवेशन गर्न सकिन्छ । त्यो भनेको के हो भने पाँच वर्षको समय लाग्छ, जुन आजसम्म पनि निरन्तर रुपले लागेको छ ।

नेपाली काँग्रेस पार्टीले सक्रिय सदस्यहरुसँग पनि लेवि उठाउने भन्ने कुरा पनि सुनिएको छ, लेविको आवश्यकता प¥यो ?
होइन, सक्रिय सदस्यमा लेवि उठाउन लागेको होइन । अहिलेको नियमावलिमा प्रस्ताव गरेका छौं, निर्णय भएको छैन । अब हामीले प्रष्ट रुपले के कुरा बुझ्न जरुरी छ भने नियमावली समितिले प्रस्ताव गरेको छ । जुन नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिमा विचाराधिन छ । सम्भवतः केन्द्रीय कार्यसमितिमा छलफल सुरु हुन्छ ।

यो प्रस्ताव केन्द्रीय कार्यसमितिले नियमावलिको जुनसुकै विषयलाई परिमार्जन गर्ने, थप गर्ने, छलफल गर्ने, त्यसलाई संशोधन गर्ने अन्तिम अधिकार कसले राख्छ भने केन्द्रीय कार्यसमितिले राख्छ । त्यसो भएको हुनाले पहिलो कुरा त के हो भने अहिले नियमावलिको मस्यौदा आएको छ ।

मस्यौदा केन्द्रीय कार्यसमितिमा छलफल गर्नका लागि प्रस्ताव गरिएको छ । त्यो केन्द्रीय कार्यसमितिले छलफल गरेर गर्छ । दोस्रो कुरा प्रस्ताव के गरिएको छ भने क्रियाशिल सदस्यमा लेवि लाग्ने प्रस्ताव छैन । नेपाली काँग्रेस पार्टीको सदस्य जसलाई आजसम्म हामी साधारण सदस्य भन्थ्यौं । नेपाली काँग्रेसको सदस्य र नेपाली काँग्रेसको क्रियाशिल सदस्यलाई सदस्यता शुल्क लाग्छ ।

सदस्यता शुल्क कसरी लाग्छ त भन्दा नेपाली काँग्रेसको सदस्यता एक पटक लिँदा हुने भयो । साधारण सदस्यता भन्दा जसलाई हामी त्यसको एक वर्षपछि क्रियाशिल सदस्य लिन पाइन्छ । यदि योग्यता पुगेको छ भने पार्टीले क्रियाशिल सदस्यता दिन्छ ।

त्यो क्रियाशिल सदस्य दिँदा क्रियाशिल सदस्यता शुल्क वापत रु. ५०० रुपैयाँ लाग्ने प्रस्ताव गरिएको छ । त्यसपछि वर्षैपिच्छे क्रियाशिल सदस्यता नवीकरण गर्नुपर्ने प्रावधान छँदैछ । त्यो व्यवस्था पहिलेदेखिनै छँदै थियो । पहिला जति शुल्क थियो, त्यसमा केही बढाउने व्यवस्था हामीले प्रस्तावमा लेराआएका छौं ।

लेवि लाग्ने भनेको कसलाई हो त भन्दा काँग्रेसबाट संघीय संसद्मा सांसद भएका, मन्त्री भएका, प्रदेशसभा प्रदेशसभा सदस्य भएका, प्रदेश मन्त्री भएका, नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य भएका, गाउँपालिकामा अध्यक्ष, वडा अध्यक्ष र सदस्य भएका त्यस्तो पार्टीका साथीहरुबाट पार्टीले कानुन बमोजिम, पार्टीको विधान बमोजिम नेपालको प्रचलित कानुनको भावनाभित्र, विधानको भावनाभित्र रहेर उहाँहरुबाट सहयोग रकम लिन्छ ।

जसलाई हामी लेवि भन्छौं र यसका सँगसँगै कार्यसमितिमा बसेका मानिसहरु जस्तो केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यताहरु, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा समिति, गाउँपालिका कार्यसमति र वडा कार्यसमितिमा बसेका साथीहरु जो तत्तत् ठाउँका नेताहरु हुन् ।

जस्तो जिल्ला कार्यसमितिका पदाधिकारीबाट लिइन्छ । जिल्ला कार्यसमितिका सदस्यहरुबाट लिने गरेर कार्य समितिमा बसेका र अधिवेशनका प्रतिनिधि र सदस्य भएका पार्टीका अगुवा साथीहरु, नेता साथीहरुबाट पार्टीले सहयोग रकम लिने भनेर हामीले प्रस्ताव गरेका छौं ।

के उसोभए नेपाली काँग्रेस पार्टीभित्र आर्थिक संकट बढ्दै गएका कारण लेवि उठाउने प्रस्ताव गर्नुभएको हो ?
अहिले हामीले के गरेका छौं भन्दा हाम्रो सदस्यता वितरणको काम दिनहुँ हुनेगरी व्यवस्थापन गर्ने तयारी गरिरहेका छौं । त्यसैले क्रियाशिल सदस्य पनि दिनहुँ वितरण हुन सक्छ । कुनै मानिस योग्यता पुगेको छ भने त्यस्तो साथीहरुलाई क्रियाशील सदस्यता दिन पार्टीको वडा समितिले सिफारिस गरेर पठाउँछ र जुन दिन त्यो कागज क्षेत्रीय कार्यसमितिमा पुग्छ ।

क्षेत्रीय कार्यसमितिले तत्कालै निर्णय गरेर क्रियाशिल सदस्यता उपलब्ध गराउनुपर्छ । यो काम हाम्रो अब निरन्तर हुने हुँदा सदस्यता वितरण बाह्रै महिना चलिरहन्छ । यसको अर्थ के हो त भन्दा अब प्रत्येक वडामा नेपाली काँग्रेसको कार्यालय रहनुपर्छ ।

त्यो कार्यालयले दिनानुदिन पार्टीको काम गर्नुपर्छ भन्ने मान्यता विधानले गरेको छ । पार्टीको विधानले के भन्छ त भन्दा पार्टीको विधानले पार्टीलाई निरन्तर सञ्चालन गर्ने अभ्यासको थालनी गरिएको छ । त्यसले प्रत्येक वडामा पार्टीको कार्यालय हुनैपर्छ, त्यो कार्यालय दिनहुँ सञ्चालन गरेको हुनुपर्छ ।

त्यो भनेको के हो भन्दा देश भरीमा साँढे ६ हजार वडाहरुमा काँग्रेस सांगठनिक रुपमा काम गरिरहेको छ भन्ने कुरा हो । साँढे ६ हजार वडामा आफ्ना कार्यालयलाई क्रियाशिल गराउँदा काँग्रेसको संगठन मजबुत हुन्छ । त्यसरीनै ७५३ नगरपालिका र गाउँपालिका छन् ।

ति कार्यसमितिका सबै कार्यालयहरु सञ्चालन हुनुपर्छ । ३३० ठाउँमा प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको कार्यालय रहनुपर्छ । ति सबै रेगुलर सञ्चालन हुनुपर्छ । १६५ ठाउँमा प्रतिनिधि सभा, क्षेत्रीय कार्यसमितिको कार्यालय रहन्छन् ति पनि सबै रेगुलर सञ्चालन हुनैपर्छ ।

७७ वटा जिल्ला कार्यसमितिहरु, ७ वटा प्रदेश कार्यसमितिहरु र एउटा केन्द्रीय कार्यसमिति गरेर केन्द्रको कार्यालय गरेर देशभरीमा नेपाली काँग्रेसले झण्डै साँढे सात हजार कार्यालय सञ्चालनमा रहनुपर्छ । साँढे सात हजार कार्यालय दैनिक सञ्चालन ग¥यो भने बल्ल पार्टी चलायमान हुन्छ । पार्टीको जरादेखि माथिसम्म रक्त सञ्चारका रुपमा पार्टीको अभ्यासहरु चलायमान हुन्छन् ।

पार्टीमा क्रियाशिलता आउँछ भने त्यसरी पार्टीका कार्यालय सञ्चालन गर्नका लागि पार्टीका कार्यसमितिहरुले निरन्तर बैठक गर्नका लागि आफ्नो काम कुरा गर्नका लागि न्यूनतम खर्च त चाहिन्छ नि । हैन र । ति सञ्चालनका लागि लाग्ने खर्च लागि पनि रकम संकलन गर्न आवश्यक छ ।

सम्बन्धित समाचार

AtlanticAce Casino im Praxistest: Lohnt sich der Hype um die 10.000 Spiele?
  • २०७६ असार ३०, १०: ०४

Mein ehrlicher Test von AtlanticAce Casino. Ist die riesige Spielauswahl echt oder nur Fassade? Alles zu Bonus, Limits und Sicherheit...

Понимание систем джекпотов в 1win казино
  • २०७६ असार ३०, १०: ०४

Понимание систем джекпотов в 1win казино Меня зовут Алексей Николаев, и сегодня я расскажу вам о 1win казино и его...

Artofzeus: eine Plattform unter deutschen Glücksspielvorgaben
  • २०७६ असार ३०, १०: ०४

Artofzeus positioniert sich als Plattform für kontrolliertes Spiel. Analyse von Merkmalen, Limits und Angebot für deutsche Spieler.