
नेकपाको बहुमतको सरकार निर्माण पछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई सन्दर्भमा नेपाल भ्रमण गरी सकेका छन् । छिमेकी राष्ट्रहरुबीच सम्बन्ध सुधार गर्ने क्रममा नेपालका प्रधानमन्त्री के.पी शर्मा ओली पहिले भारत र पछि चिनको राजकीय भ्रमण गरे ।
छिमेकी राष्ट्र चिनका महामहिम राष्ट्रपति सी जीङ्गपिङ भारत हुँदै दुई दिवसीय भ्रमणका लागि नेपाल आए । यसैगरी अहिले बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दल हमिद गत साताको मंगलबार देखि शुक्रबारसम्मको राजकीय भ्रमण सकेर स्वदेश फर्केका छन् ।
जसरी छिमेकी राष्ट्रका महामहिम राष्ट्रपति सी जिङपिङले नेपालको भ्रमण गर्ने भनेर सरकारले जसरी हौवा फिजाएर रातारात नक्कली पार्क बनाउनेदेखि उपत्यकाका मुख्य सडकहरु रातारात पिच गरेर चिल्लो बनाएइको थियो । त्यसकारण पनि अहिले काठमाडौंमा केही मात्रामा धूलो कम भएको छ । बंगलादेशका महामहिम राष्ट्रपति आउने र जाने त्यति हौवा फिजाइएन ।
बंगलादेशका महामहिम राष्ट्रपतिलाई पोखरा लगायत मुख्य शहरहरुको भ्रमण गराइयो । व्यापार घाटा र निर्यात सम्बन्धी छलफल भएको परराष्ट्र मन्त्रालय बतारहँदा परराष्ट्रविद् एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईसँग नयाँ विकल्प साप्ताहिकका लागि संवाददाता ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अंशः
वर्तमान अवस्थामा हालैमात्र भएको बंगलादेशका राष्ट्रपतिको भ्रमणलाई यहाँले कसरी लिनस भएको छ । बंगलादेशसँग सहयोग लिने अवस्था छ कि छैन ?
बंगलादेशको राष्ट्रपति नेपाल भ्रमणमा आउनुभएको कुरा राम्रो हो । भ्रमणको आदान–प्रदानबाट हाम्रा सम्बन्धहरुलाई मजबुत गर्ने हो । विस्तार गर्ने हो । त्यसैले आर्थिक कुरामा बंगलादेशले अहिले राम्रो गरिरहेको छ । बंगलादेशबाट हामीले सिकेर अनि के गर्न सकिन्छ त्यो बारेमा आपसी कुरा भएकै होला त्यो राम्रो हो ।
काठमाडौं–ढाका सञ्जाल अपरिहार्य रहेको कुरा बताई रहँदा यो कुरा कतिको सम्भावना देख्नुहुन्छ तपाई ?
हामीले हे¥यौ भनेदेखि बंगलादेशका प्रधानमन्त्रीको भारत भ्रमण भइराखेको बेलामा पनि पारवहन सम्बन्धी कुराहरु उहाँले पटक–पटक उठाइरहनु भएको हुन्छ । पारवहन कनेक्टिभिटिमा बंगलादेशी प्रधानमन्त्रीको पनि जोड छ । हाम्रो पनि प्राथमिकता हो । हाम्रा चाँही कमाण्ड एजेण्डा हुन् । हामी भारतसँग मिलेर नेपाल, बंगलादेश, भारत अनि सबै क्षेत्रका राष्ट्रहरु मिलेर काम गर्नुपर्छ । कनेक्टिभिटी बढाउनुपर्छ । पारवहनको अधिकारलाई स्थापित गर्नुपर्छ । अनि बल्ल आर्थिक गतिविधि अगाडि बढाउन सकिन्छ ।
के अहिले बंगलादेशसँग पनि नेपालको व्यापारघाटा बढी रहेको हो र ?
नेपालको व्यापार घाटा भन्दा पनि पहिले हाम्रो आफ्नो उत्पादन बढाउनुप¥यो । नभए त घाटा बढी हाल्छ नि । उताबाट मात्रै आयात गर्ने यताबाट पठाउने पनि त केही चाहियो नि । हामी काम गर्दैनौं कुरा मात्रै गर्छौ । हामीले पनि निर्यात गर्न सक्नुप¥यो नि ।
उसोभए नेपालले कुन–कुन सेक्टरमा बंगलादेशसँग व्यापार बढाउन सक्ला जस्तो लाग्छ यहाँलाई ?
त्यो त पहिचान गर्नुप¥यो । तुलनात्मक फाइदा हामीलाई के–के कुरामा छ । हामीले त्यसको पहिचान गरेर हामी त्यसमा केन्द्रीत हुनुप¥यो । केन्द्रीत भएर काम गर्ने हिसाबले हामी जानुपर्छ । कुरा मात्रै गरेर कुरा पठाएर हुँदैन नि त । समाधान पनि निकाल्न सक्नु पर्छ । व्यापारिक क्षेत्रसँग सर–सल्लाह गरेर व्यापार बढाउन सक्नुपर्छ ।
अहिले नेपालको बिजुली बंगलादेशले किन्ने कुरा भइरहेको छ यसको सम्भावना देख्नु हुन्छ ?
हो देख्न सकिन्छ । यस विषयमा कुरा पनि भइराखेको छ । तर जनताले परिणाम भोगि रहेका छन् । त्यसको परिणाम आउन सकेको छैन । हामीले पनि पठाउन सक्ने बचत बिजुली हुनुप¥यो । त्यसरी पठाएको बिजुली भारत भएर जानुपर्छ । भारतलाई विश्वासमा लिनुप¥यो । हाम्रा कुराहरु मात्रै धेरै भए काम अगाडि बढ्न सकेन । कुरमा मात्र गरेर बसेर हुँदैन ।
बंगलादेशसँग नेपालको सीमानाको कुरा गर्दा ३० कि.मि मात्रै छ, त्यसैले पनि बंगलादेशसँग एक अर्कामा निकट भएर नेपालले काम लिन सक्छ । तर अहिलेको अवस्थामा आर्थिक रुपमा बंगलादेशबाट नेपालले लिन सकेको छैन किन ?
त्यस विषयमा पहिला त हामीले आफ्नो आन्तरिक तयारी गर्नुपर्छ । हामीले आफ्नो आन्तरिक तयारी गरिसकेपछि ठिक कुराहरु हामीले अगाडि बढाउनुप¥यो । त्यसको लोजिस्टिकहरु ठाउँमा राख्नुप¥यो । त्यो नाका त हामीले भारतका प्रधानमन्त्री आउँदाखेरी कांकडभित्ताबाट उतासम्म जाने त्यो कुरा भएकै हो । तर कुरा नै अगाडि बढ्दैन ।
कुराहरु अगाडि बढाउनुप¥यो । त्यसलाई अलिकति व्यवस्थित गर्नुप¥यो । अनि त्यसलाई संस्थागत गर्नुप¥यो । अहिले बंगलादेशले प्राविधिक, आर्थिक, सामाजिक रुपमा राम्रो गरिरहेको छ । त्यसबाट पनि हामीले सिक्न सक्छौं र हामीले सिकेको कुराहरु पनि बंगलादेशलाई बताउन सक्छौं । बंगलादेशको राष्ट्रपतिको भ्रमणबाट धेरै कुराहरु निस्केलाझै लाग्छ ।
तर बंगलादेशी राष्ट्रपतिको भ्रमण सद्भाव भ्रमण होइन र ?
सद्भाव भ्रमण भएपनि सद्भाव भ्रमणले त धेरै कुरा हुन्छ नि । सद्भावले विश्वास जगाउँछ । सद्भावले विश्वासको अधार तयार गर्छ । सहयोग बढ्ने त्यसैगरी त होनी । यो उच्चस्तरको भ्रमण भएकोले उच्चस्तरमा राजनीतिक सम्र्पक भइरहेको छ । दुई देशको बिचमा यो त राम्रो कुरा हो ।
नेपाल भारत सीमाको बारेमा कुरा गर्दा हो भने नेपालले कालापानी, लिपुलेक फिर्ता गर्न सक्ने अवस्था देखिदैन् होइन के लाग्छ यहाँलाई ? नेपाल कसरी अगाडि बढनुपर्ला जस्तो लाग्छ ?
भारतसँग हामीले ऐतिहासिक प्रमाण, ऐतिहासिक तथा अनि हाम्रा चाँही जे–जे कुराहरु छन्, सबै जम्मा गरेर हामीले भारतलाई भन्नुप¥यो कि नेपालको ३५ कि.मि जति कालापानी क्षेत्रलाई तपाईहरुले कब्जा गरेर किन राख्नुहुन्छ ? चिन र भारतको बिचमा हामीले त व्यापारको सहजीकरण, सार्वभौमको सहजीकरण हामी चाहन्छौं ।
भारत र चिन एकै ठाउँमा काम गरुन्, सहकार्य गरुन्, विकासका कामहरुमा हातेमालो गरुन् । एसिया क्षेत्रमा नै पुरा शान्ति होस् । त्यसको लागि पञ्चशीलका आधारमा एक अर्काको मामलामा हस्तक्षेप नगरी अगाडि बढौं । तपाईहरु र हामी सहयोग गर्छौ तर तपाईहरुले हाम्रो सम्मानमा आँच पु¥याउन पाउनुहुन्न । त्यो हामीलाई मान्य छैन भन्न हामीले सक्नुप¥यो नि !
नेपाल सरकारले एउटा वक्तव्य पत्र जारी ग¥यो भारतसँग कुरा भएको छैन सचिवस्तरमा संयन्त्रमा बसेर समस्याको समाधान गर्ने पनि भनियो तर पनि अहिलेसम्म हुन सकेन के कारणले होला ?
हाम्रो बाहिरतिर बढी कुराहरु हुन्छ । तर भित्रतिर हुँदैन । जुन चाँही परराष्ट्र नीतिमा निरन्तरता भन्ने हुन्छ । अघिल्लो सरकारले राष्ट्रिय हितको लागि गरेका कामहरुलाई अगाडि बढाउने उत्तरदायित्व सरकारले गर्नुपर्छ । उत्तराधिकारी सरकारहरुले पूर्वाधिकारी सरकारले गरेको कामलाई अगाडि बढाएर जानुपर्छ ।
सन् २०१५ मा भारत–चिन संयुक्त वक्तव्यमा लिपुलेक उल्लेख भएपछि तत्कालिन सरकार तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले कुरा गर्नुभएको थियो । हामीले नोट लेखेर पठाएका छौं । खोई त्यसको फ्लोअप ? खोइ त्यसको निरन्तरता ? कुटनीतिक भनेको एउटा प्रक्रिया हो । त्यो रातारात एकै दिनमा हुँदैन तर त्यसमा निरन्तरता लागि लाग्नुप¥यो ।
हाम्रो कुराहरु त राखीराख्न प¥यो नि ! निर्विवाद रुपले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका हुन् । भारतले कब्जा गरेपछि यो त्यतिकै अनावश्यक रुपमा विवादमा तानिएको छ, त्यसैले हामीले कुरा गर्नुप¥यो । हाम्रो प्रमाणहरु पेश गर्नुप¥यो । हामीहरु दृण्ढताका साथ संवाद संयमित भएर उत्तेजित भएर सडकमा नारा लाएर हुँदैन ।
पेपरवाजी गरेर राष्ट्रवादका नारा घन्काएर समस्याको समाधान हुँदैन ? कुटनीतिक तरिकाबाट भारतसँग डिल गर्नुपर्छ । भारतसँग कुुरा गर्न सक्नुप¥यो नि त राम्ररी बसेर निडरताका साथ उत्तेजित नभइकन कुरा गर्न सक्नुपर्छ । भारतसँगको हाम्रो सम्बन्ध बडो महत्वपूर्ण छ । त्यो सम्बन्धलाई पनि हामीले राम्रोसँग लैजानुपर्छ । अगाडि बढाउनुपर्छ ।
प्रमाणको कुरागर्दाखेरी कालापानी, लिपुलेक र लिम्पियाधुराको पर्याप्त प्रमाणहरु उपलब्ध गराउन किन सक्दैन् नेपाल ?
किन सक्दैन ? हामीसँग ऐतिहासिक नक्साहरु छन् । प्रमाणहरु छन् । त्यो त हामीहरुले सबै जम्मा गर्नुप¥यो । यो किसिमको अनुसन्धान, खोज हामीले गरेर जानुपर्छ । हामीकहाँ अनुसन्धान नै हुँदैन । खोजनै हुँदैन । सत्ता भएपछि सबै ज्ञान पनि त्यतिकै हुन्छ, हावामा कुरा हुँदैन, हामीले अलिकति अभ्यास गर्नुप¥यो । हाम्रो होमवर्क अलिकति कमी भयो कि ? त्यसैले हामीले निरन्तर रुपमा लागि रहनुपर्छ । निरन्तरता साथ लाग्यौ भने बल्ल बिश्वसनीयता जगाउन सकिन्छ ।
यदि यो समस्या समाधान गर्ने हो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री के.पी शर्मा ओलीबिच संवाद हुनुपर्छ हैन त ?
परराष्ट्रमन्त्रीले पनि भनिरहनु भको छ आवश्यक पर्दा वार्ता गर्नुहुन्छ भनेर भनिरहनु भएको छ । त्यो भन्दा तलका संयन्त्रहरुलाई खोइ सक्रिय बनाएको ? तिन दर्जनभन्दा बढी संयन्त्रहरु छन् नेपाल र भारतको बिचमा यि समस्याहरु जे–जे छन् ति समस्याहरुलाई यि समस्याहरु छन्, यसरी जानुपर्छ हामी भनेर वार्ता सुरु गर्नुपर्छ ।
बाहिरको मान्छे यसमा खेल्न नपाओस् भनेर पनि हामी सचेत हुनुपर्छ । नेपाल–भारत सम्बन्ध भनेको बडो बहुमूल्य सम्बन्ध हो । यो सम्बन्धलाई खेलाची गरेर सडकबाट नारा लगाएर, पेपरबाजी गरेर राष्ट्रवादका कुरा घन्काएर मात्रै समस्याको समाधान हुँदैन । हामी जहिले पनि कुटनैतिक मर्यादालाई ख्यालै नगरी कहिले सीमाना घेर्ने, कहिले छिमेकी राष्ट्र प्रमुखलाई गाली–गलौज गर्ने र सडकमा जुलुस निकालेर तथानाम भन्ने गर्छौ ।
यसरी कुटनीतिक सम्बन्ध झन्झन बिग्रदै जान्छ । अन्त्यमा तपाईको निरन्तर प्रकाशित हुँदै आएको नयाँ विकल्प साप्ताहिक पत्रिकामा मेरो विचार प्रवाह राख्ने मौका दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद ।
Ein Erfahrungsbericht zu Binnarybet: Getestet mit minimalem Budget. Wie schneidet die Auswahl, die Limits und der Coin-Shop im Alltag ab?
Sommige spelers willen zich urenlang settelen. Anderen willen tien minuten scherpe, gerichte actie — een paar spins, een paar blackjack-handen,...
Sommige spelers behandelen Chicken Road als een sprint. Anderen behandelen het als een schaakwedstrijd die je één vakje tegelijk speelt....