
रामनारायण विडारी राष्ट्रिय सभाका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद छन् । राष्ट्रियसभा मातहतका चारवटा संसदीय समितिमध्ये प्रायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति समेत रहेका विडारी हक्की स्वभावको छन् भने संसद बैठक वा समितिमा नागरिकका जनजीविकाको सवालमा वकालत गर्दछन् ।
वरिष्ठ अधिवक्ता समेत रहेका विडारीको झर्रो र खरो स्वभावका विडारीको अभिव्यक्तिमा व्यङ्ग्य र प्रहार समेत हुने गर्छ । सांसद रामनारायण विडारीसँग नयाँ विकल्प साप्ताहिकका लागि हाम्रा संवाददाताले गरेको कुराकानीको सम्पादीत अंशः
वर्तमान अवस्थामा सभामुखको चयन र उपसभामुखको राजीनामा सँगसँगै राजपासँग सहकार्य गरेर उपसभामुखको पदको उम्मेदवारी राजपालाई बनाउने कुरा सही हो त तपाई के भन्नुहुन्छ ?
अहिले हाम्रो पार्टीमा रमाइलो छ । हर त्रृटिमा हुने काम कुरा एकदुई दिन अगाडि मात्रै थाहा हुन्छ । अहिलेसम्म राजपालाई उपसभामुखको उम्मेदवारी बनाउने टुङ्गो छैन ।
तपाईले टुङ्गो लागिसकेको छैन भनेर भनिरहँदा शिर्ष नेताहरुको बिचमा आन्तरिक रुपमा सहमति भइसकेको कुरालाई तपाई कसरी लिनुहुन्छ ?
शिर्ष नेताहरुको आन्तरिक कुरा थाहा भएन नि, दुई वटा नेताको बिचमा मात्रै हुने कुरा हामीलाई कसरी थाहा हुन्छ ?
वर्तमान संसद्ले सभामुख चयन गर्न नसकिरहेको अवस्थामा के अब चाँहि सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हो त ? कतिपय नागरिक समाजले सापकोटालाई सभामुख नबनाउन अपिल गरेका छन् नि ?
हो, उहाँको मात्रै उम्मेदवारी प¥यो । अरु कुनै विकल्प छ जस्तो लागेन । नागरिक समाजका नाममा केही युद्धसँग रमाउने, युद्धसँगै खेल्ने, युद्ध नभए छटपटिने, गडबड नभए छट्पटिने खालका मान्छेले गरेका हुन् । अग्नि प्रसाद सापकोटा योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ ।
तपाईले अग्नि प्रसाद सापकोटा सभामुख पदको उम्मेदवारको योग्य र सक्षम छन् भनेर भनिरहँदा यसका आधारहरु के–के छन् त ?
उहाँले युद्ध गर्नुभयो, युद्ध सम्झौता गर्नुभयो, उहाँ युद्धको एउटा नायक पनि हुनुहुन्थ्यो । आजको गणतन्त्र ल्याउने कुरामा उहाँको ठुलो भुमिका छ । उहाँ क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । शिक्षक हुनुहुन्थ्यो । शिक्षकको नेतृत्व गर्नुभएको थियो ।
नेपालको राजनीति राम्रोसँग बुझ्नु्भएको छ । त्यसकारणले उहाँ अयोग्य हुनुपर्ने कुनै कारण छैन । प्रतिनिधिसभा जितेर आउनुभएको छ । सभामुख चलाउन सक्ने हिम्मत र दक्षता छ, त्यसकारण उहाँ योग्य हुनुहुन्छ ।
तर अग्नि प्रसाद सापकोटालाई अर्जुन बहादुर लामाको हत्यामा संलग्न छ भन्ने आरोप पनि छ नि तपाई के भन्नुहुन्छ ?
यो कुरा चाही कति मान्छेले बुझेका छैनन् र कतिले बुझेर बेइमानी गरेर प्रोपोकाण्डा मच्चाउन खोजेका मात्र हुन् । उहाको नेपालभरि कुनैपनि अदालतमा फौजदारी मुद्दा छैन ।
द्वन्द्वकालिन घटनामा त्यो बेलाका सत्तापक्ष दलहरुले गरेको हत्या, माओवादीले गरेको हत्या, सत्र हजार मान्छे मारिएको भन्ने कुरा हामी सबैलाई थाहा छ त । जहाँसम्म हत्याको कुरा छ, यो त उहाँ मन्त्री हुने बेलामा पनि भनेका थिए । यो बेइमानी मान्छेहरुको खेतिपाती हो ।
अहिलेको अवस्थामा नागरिक समाज मानव अधिकारवादी र सञ्चारकर्मीहरुले पनि अग्निप्रसाद सापकोटालाई सभामुख बनाउनु हुन्न भन्नेजस्ता तर्क गरेका छन् ?
यो उहाँहरुको तर्क वाइहात तर्क हो । बेइमानी तर्क हो । नाजायज तर्क हो । अमानवीय तर्क हो । गैरसंवैधानिक तर्क हो ।
हाम्रो देशमा कानुन र विधिको शासन छ, लोकतन्त्र अझै मरेको छैन अनि हत्याको आरोप लागेको मान्छेलाईनै सभामुख बनाउँदा लोकतन्त्रप्रतिको सम्मान कति ?
कहाँ छ, अदालतमा हत्याको आरोप ? हुँदै नभएको कुरा गर्ने ? मुद्दा गर्न पाउँ मैले मुद्दा लड्न पाइन भनेर एउटा मान्छेले हालेको मुद्दा छ, त्यो मुद्दा उहाँको विरुद्धमा होइन । महान्याधिवक्ताको विरुद्धमा हो । सरकारको विरुद्धमा हो ।
त्यो पनि मुद्दा होइन, निवेदन हो । मान्छे मारेको मुद्दा त हामीले बनाएकोे कानून अनुसार, सबै जना मिलेर बनाएको कानून अनुसार नेपालको कानून अनुसार नेपाल सरकारवादी भएर सरकारवादी मुद्दाको फौजदारी संहिता अनुसूची १ को सरकारी मुद्दासम्बन्धी अनुसूची १ का मुद्दाहरु सरकारले मुद्दा चलाउँछ । त्यसकारण अग्नि प्रसाद सापकोटाको नाममा नेपालमा कहि पनि मुद्दा छैन ।
अग्नि प्रसाद सापकोटाको आदेशमा मेरो पतिको हत्या भयो, त्यसैले उहाँलाई कारवाही गरि पाउँ भनेर अर्जुन बहादुर लामाकी पत्नी पूर्णमाया तामाङ्गले भन्नुभएको छ नि तपाईले के भन्नुहुन्छ ?
कारवाही भएको छ त ? त्यसो त मैले अहिले तपाईले फलानो थोक गरेको हुनाले कारवाही गरि पाउँ भनेर निवेदन दिएभने तपाई अयोग्य हुनुभयो ? अपराधी हुनुभयो ? त्यसको छानविन हुनुपर्दैन ? त्यसको अनुसन्धान हुनुपर्दैन ? त्यसको मुद्दा सरकारले हाल्नु पर्दैन ? मुद्दा हाल्दैमा त्यो मान्छे अपराधी हुन्छ ? त्यो त अभियुक्त हुन्छ । अपराधी ठहर गर्नलाई त अदालतले फैसला गर्नुपर्दैन ? अदालतमा मुद्दा दर्ता हुनुपर्दैन ? उहाँको त अदालतमा मुद्दा दर्ता नि भएको छैन ।
अदालतसम्म पुगेको पनि छैन । अर्जुन बहादुरको श्रीमतिप्रति मेरो सहानुभुति छ । सम्मान छ, सत्य निरुपण तथा मेलमिलाप आयोगमा उहाँले उजुरी हाल्नु भएको छ । त्यो उजुरीको सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको छ । छानविन हुँदैछ । त्यसबाट उहाँले परिपूर्ण पाउनुपर्छ । उहाँको परिवारको भरण पोषण हुनुपर्छ । साच्चिकै अपराध गर्ने को हो ? त्यसलाई ठम्याउनुपर्छ, त्यो ठम्याएको मान्छेलाई गम्भिर प्रकृतिको अपराध हो भने सजाय दिनुपर्छ ।
मुद्दा दायर गर्नुपर्छ भन्ने जस्ता कुरामा म पनि सहमत छु नि, तर अग्नि प्रसाद सापकोटाको हकमा उहाँलाई मुद्दा दायर भएको छैन । उहाँमाथि अनुसन्धान भएको पनि छैन । सत्य निरुपण तथा मेलमिलाप आयोगले पनि उहाँनै हो भनेर ठोकुवा गरेको पनि छैन । त्यतिकै मान्छेलाई शंकाको भरमा उजुरी गर्न पाउ भनेर सबै ठाउँ रोक्न त मिल्दैन नि ?
हत्याको आरोपी पनि सभामुख बन्न पाउँछ भन्ने पक्षमा तपाई त होइन नि ?
आरोपी होइन । हत्याको आरोपी जसले जसलाई भनिदिए पनि त भयो नि ? मैले कुनै प्रकारको कुनै मान्छेलाई हत्याको आरोप लगाउँदैमा मैले लगाइ दिएको आरोप सत्य तथ्य हुन्छ ?
वर्तमान सरकारले ल्याएको विधेयकमध्ये नौं वटा विधेयक विवादित छन् के अब विवादित विधेयकमा पनि सरकारले आफ्नो अडान नछोड्ने हो त तपाई के भन्नुहुन्छ ?
यो सरकार खराब छैन । सरकारले राम्रा–राम्रा विधेयक ल्याएको छ । कतै भाषा मिलेको छैन । कतै कुरा मिलेको छैन । हामी सांसदहरु त्यहा बसेका छौं । छलफल गरेका छौं । नमिलेका कुरा मिलाउँछौं । संविधान अनुसार बनाउँछौं नेपाली जनताको हकहितको निम्ति लड्छौं । हामी जस्ता मान्छे सांसद भएर त्यहाँ बसेका छौं । हामी के त्यहाँ मुर्ति हो ?
विधेयककै कुरा गर्ने हो भने आमसंचार विधेयक, सूचना प्रविधि विधेयक र मिडिया काउन्सिल विधेयकको कुरा गर्दाखेरी खोइ अहिलेसम्म पनि यि विधेयकहरु सच्याउन त सक्नुभएन नि किन ?
मिडिया काउन्सिल विधेयक अहिले राष्ट्रिय सभामा छ । हामीले व्यापक रुपमा पचास प्रतिशत बढि सच्याएका छौं । हामीले दफा दफामा कार्य गरेर छलफल गरिराखेका छौं । स्वः नियम सम्बन्धी अधिकार हुन्छ । मिडिया काउन्सिलले नियमन गर्ने हो । पत्रकारहरुले मनमा लागेको कुरा लेख्न पाइदैन । सत्यतथ्यमा आधारित भएर लेख्नुपर्छ ।
पत्रकारलाई लेखे वापत सजाय हुँदैन । पत्रकारले लेखेर समाचार प्रकाशित गरे कसैकसैको ठुलो क्षति पार्दिने, कसैसँग बार्गेनिङ्ग गर्ने गरेका छन् भने त्यो अदालतबाट फैसला भएर ठहर भयो, प्रमाणित भयो भने मात्रै त्यो कुरा हुन्छ, नत्र कहाँ हुन्छ ? हामी पत्रकारहरुको पक्षमा छौं ।
अहिलेको अवस्थामा विधेयकहरु ल्याइरहँदा पत्रकारहरुको घाँटी निमोठ्ने, पत्रकारहरुको अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने काम गर्नुहुन्छ, तपाईहरु अनि कसरी भन्नुहुन्छ कि हामी पत्रकारको पक्षमा छौं भनेर बताइदिनुस् ?
पत्रकार मात्रै होेइन कुनै पनि नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने गरि कानून बनाइने छैन । यो प्रतिबद्धता हो, हुँदैन त्यस्तो, त्यो हल्ला मात्र हो । यो सरकारको बद्नाम गराउने उद्देश्य राखेको त्यस्तो कुरा बाहिर हल्लामात्र आएको हो ।
राष्ट्रिय सभाको विधेयक समितिमा मिडियाकर्मीहरु गएर बस्नु भएको छ । उहाँहरुले हामीले छलफल गरेको सुनिरहनु भएको छ । उहाँहरुले रिपोर्टिङ्ग गरिरहनु भएको छ । तपाईले पनि सुन्नुभएकै होला, त्यसकारण त्यस्तो हुँदैन । बेइमान पत्रकार कारवाहीमा पर्छन । असल पत्रकार पुरस्कृत हुन्छन्, अभिव्यक्ति, स्वतन्त्रता संरक्षित हुन्छ । धेरै किसिमका कानून छन् ।
के अपराध ग¥यो, त्यो अपराध अनुसारको कारवाही हुन्छ । सामाजिक संजालमा समाचार आएर कारवाही हुँदैन, सम्मान हुन्छ । तर त्यो सामाजिक संजालमा नियत खराब राखेर कसैलाई सखाप पार्ने उद्देश्यले झुठा प्रकारको, फट्याई प्रकारको, प्रमाण विनाको, हचुवाका कुरा, अर्काको नोक्सान पार्ने कुरा गरेको छ भने अदालतले कारवाही गर्छ, हामीले वा अरु कसैले होइन ।
अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !
Betmakerz Casino: Lizenz, Sicherheit & VIP-Programm im Check. Jetzt entdecken, was das deutsche Angebot wirklich bietet.
Analiza Wkładu NV Polska w Rozwój Gospodarczy: Recenzja Kasyna Online Na wstępie chciałbym przybliżyć temat dotyczący wkładu NV Polska w...
Sommige spelers blijven uren zitten. Anderen willen vijf minuten, een adrenaline-boost, en weg. PinoCasino, te vinden op pino-casino-online-nl.com, is stilletjes...