म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित, लिभरपुल ३–२ ले पराजित – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित, लिभरपुल ३–२ ले पराजित

काठमाडौँ। इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले लिभरपुलविरुद्ध ३–२ को रोमाञ्चक जित दर्ता गरेको छ।

ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडका लागि म्याथ्यु कुन्हा, बेन्जामिन सिस्को र कोबी मेइनोले समान एक–एक गोल गरे। लिभरपुलका लागि डोमिनिक स्जोबोसजलाई र कोडी गाक्पोले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलको छैटौँ मिनेटमै कुन्हाले युनाइटेडलाई अग्रता दिलाएका थिए भने आठ मिनेटपछि सिस्कोले दोस्रो गोल थप्दै टोलीलाई मजबुत स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्ने प्रयास गर्‍यो। सुरुआतमै स्जोबोसजलाईले गोल गर्दै अन्तर घटाए भने ५६औँ मिनेटमा गाक्पोले बराबरी गोल गरे।

तर, ७७औँ मिनेटमा मेइनोले निर्णायक गोल गर्दै युनाइटेडलाई ३–२ को महत्वपूर्ण जित दिलाए।

यस जितसँगै ३५ खेलबाट ६४ अंक जोडेको युनाइटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट ५८ अंक रहेको लिभरपुल चौथो स्थानमा छ।

सम्बन्धित समाचार

डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
  • २०८३ बैशाख २१, ११: ५२

काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’...

लिग–२ र युके टूरका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा
लिग–२ र युके टूरका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा
  • २०८३ बैशाख २१, ११: ५२

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिज तथा युके प्रिपेरेसन टूरका लागि रोहित पौडेलको...

क्रोएसियाको पहिलो जित, पानामा १-० ले पराजित
क्रोएसियाको पहिलो जित, पानामा १-० ले पराजित
  • २०८३ बैशाख २१, ११: ५२

काठमाडौँ । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । पानामाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले १-० को संकुचित जित...