
काठमाडौँ । नेपाल ए ले स्कटल्याण्डलाई विरुद्ध शानदार जित दर्ता गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेपाल ए ले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको हो ।
नेपाल ए ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४८.२ ओभरमा अलआउट हुँदै २३२ रनमा समेटियो । स्कटल्याण्डका ब्याटरहरूले सुरुआत राम्रो गरे पनि नेपाली बलरहरूको अनुशासित प्रदर्शनका कारण लक्ष्य भेट्टाउन सकेनन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ए ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनाएको थियो । नेपालका लागि देव खनालले सर्वाधिक ६३ रन बनाए भने मयन यादवले ४५ रनको योगदान दिए । त्यस्तै सन्दीप जोराले ३४ तथा पवन सराफले ३१ रन जोडेका थिए ।
जितसँगै उत्साहित नेपाल ए ले अब आफ्नो अर्को खेल शुक्रबार अमेरिकासँग खेल्ने तालिका रहेको छ ।
काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिज तथा युके प्रिपेरेसन टूरका लागि रोहित पौडेलको...
काठमाडौँ । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । पानामाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले १-० को संकुचित जित...