स्कटल्याण्डद्वारा अमेरिकासामु ३२२ रनको चुनौती – Naya Bikalpa
August 1, 2026, Saturday      Epaper

स्कटल्याण्डद्वारा अमेरिकासामु ३२२ रनको चुनौती

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत टियु क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले अमेरिकासामु ३२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले वर्षाका कारण ४७ ओभरमा सीमित खेलमा ६ विकेट गुमाउँदै ३२१ रन बनाएको हो । स्कटल्याण्डका लागि फिनले म्याकक्रीथले सर्वाधिक ७७ रनको योगदान दिए । यस्तै, म्याथ्यु क्रसले ५८ तथा ब्रान्डन म्याकुलेनले ५५ रन जोडे । अमेरिकाका तर्फबाट सौरभ नेत्राभल्कर र जसदीप सिंहले समान २–२ विकेट लिए ।

सम्बन्धित समाचार

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०८३ बैशाख ३१, १४: ५६

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...

विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
  • २०८३ बैशाख ३१, १४: ५६

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...

लिग-२ मा नेपालको खराब प्रदर्शन
लिग-२ मा नेपालको खराब प्रदर्शन
  • २०८३ बैशाख ३१, १४: ५६

काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको...