
नयाँ विकल्प,
काठमाडौं- स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेड फर्किने भएका छन् ।
युभेन्टसमा रहेका उनलाई पुनः १२ वर्षपछि क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ ।
रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका थिए ।
त्यसक्रममा उनले तीन प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग र क्लब वर्ल्डकपको उपाधि दिलाए ।
युनाइटेडका लागि २९२ खेल खेलेका उनले ११८ गोल गरेका थिए ।
२३ वर्षको उमेरमा पहिलो पटक २००८ मा बा’लोन डिओर अवार्ड जितेका उनी त्यसबेलाको कीर्तिमानी मूल्य ८० मिलियन युरोमा स्पानिस क्लब रियल मड्रिड गएका थिए ।
मड्रिडमा रहँदा उनले १५ उपाधि जिते, जसमा दुई ला लिगा, दुई कोपा डेल रे, चार च्च्याम्पिन्स लिग छन् । उनी क्लबका सवार्धिक गोलकर्ता बने ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...