पीएनजीलाई नेपालले २ विकेटले हरायो – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

पीएनजीलाई नेपालले २ विकेटले हरायो

नयाँ विकल्प,

काठमाडौं – पपुवा न्युगिनी (पीएनजी)सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ ।

पीएनजीले दिएको एक सय ३५ रनको लक्ष्य नेपालले ३९ ओभर ३ बलमा आठ विकेट गुमाएर भेटाएको हो ।

नेपालका लागि रोहित पौडेलले ४१ रन बनाए । त्यस्तै आशिफ शेखले ३०, कुशल भुर्तेलले १५ र सोमपाल कामीले अविजित २२ रन बनाए । ८२ रनमा सात विकेट गुमेको अवस्थामा रोहित पौडेलले र सोमपाल कामीले ५२ रनको साझेदारी गरे ।

बलिङतर्फ पीएनजीका गौडी टोकाले तीन विकेट लिए । त्यस्तै दमेन राभु र चाद सोपरले दुई–दुई विकेट लिए ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र २२, २०: ३३

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ भाद्र २२, २०: ३३

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ भाद्र २२, २०: ३३

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...