राष्ट्रिय महिला फुटबल टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदै – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

राष्ट्रिय महिला फुटबल टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदै

नयाँ विकल्प,

काठमाडौं– उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२२ छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमवार बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फ) ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई बिदाइ गरेको हो ।

टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदै छ ।

छनोट खेल्न जानुअघि नेपालले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बङ्गलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो ।

त्यही खेलमा भएका कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपालसँगै हङकङ र फिलिपिन्स रहेका छन् ।

नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यस्तै नेपालको दोस्रो खेल असोज ५ गते हङकङसँग हुनेछ ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र २८, २१: ५६

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २८, २१: ५६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र २८, २१: ५६

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...