विश्वकप क्रिकेट लिग–२ः नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

विश्वकप क्रिकेट लिग–२ः नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित

नयाँ विकल्प,

काठमाडौं- आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो।

अमेरिकाले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर २३० रनको योगफल तयार गरेको थियो। दुई सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि प्लेयर अफ दी म्याच हुनुभएका कुशल भुर्तेलले ८४ रनको योगदान दिए। उनले ९३ बलको सामना गर्दै तीन छक्का र तीन चौकासमेत प्रहार गरे।

यस्तै रोहितकुमार पौडेलले अविजित ६२ रन बनाए। उनले ८७ बल खेल्दै तीन छक्का र दुई चौका हाने। नेपालका लागि विनोद भण्डारीले ३७, आशिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए।

बलिङतर्फ अमेरिकाका निशर्ग पटेल र नोष्ठुस केन्जिगेले दुई–दुई तथा सौरभ नेत्राभल्करले एक विकेट लिए।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग गत वर्ष चार खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो।

नेपालले दुई खेलमा अमेरिकालाई हराएको थियो भने बाँकी दुई खेलमा ओमानसित पराजित भएको थियो। पाँचौँ खेलमा नेपालले अमेरिकालाई हराउँदै छ अङ्क जोडेको छ। नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ।

सम्बन्धित समाचार

लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
  • २०७८ भाद्र २९, ०७: २७

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र २९, ०७: २७

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र २९, ०७: २७

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...