
नयाँ विकल्प,
काठमाडौं– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० टिमको कप्तानबाट हट्ने भएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत विज्ञप्ति निकाल्दै कोहलीले आउँदो महिना यूएईमा हुने टी–२० विश्व कपपछि टी–२० टिमको कप्तानबाट हट्ने कोहलीले घोषणा गरेका हुन् ।
विराट कोहलीले ट्विटरमा लेखेका छन्, ‘यो निर्णय लिने अवस्थामा पुग्न सहज थिएन ।
रवि भाइ र रोहितसँगको लामो कुराकानीपछि टी २० विश्व कपपछि टी २० को कप्तानी छाड्ने निर्णय लिएको हुँ ।’
केही दिन अघिदेखि भारतीय मिडियामा क्रिकेट टिमको कप्तानीलाई लिएर समाचार आइरहेका थिए ।
यद्यपि भारतीय क्रिकेट बोर्डका उपाध्यक्ष राजीव शुक्लाले यी समाचार सही नभएको बताएका थिए ।

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...