१९ वर्षमुनिको राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशले जित हात पार्यो – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

१९ वर्षमुनिको राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशले जित हात पार्यो

नयाँ विकल्प,

काठमाडौं– त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतवार भएको खेलमा १९ वर्षमुनिको राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले जित हात पारेको छ।

सुदूरपश्चिम प्रदेशलाई एक सय १३ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । लुम्बिनी प्रदेशले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रन बनाउँदा अलआउट भयो ।

सुदूरपश्चिमका लागि लोकेश बमले २५ र खड्क बोहराले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका अजय चौहानले पाँच, दुर्गेश गुप्ताले तीन र मोहम्मद हुसेनले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा दुई सय १२ रन बनायो । उसका लागि देव खनालले ७० र विशाल विक्रम केसीले ५१ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका आकाश चन्दले तीन तथा शेर मल्ल र हेमन्त धामीले दुईरदुई विकेट लिए ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ मंसिर १९, २१: २०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ मंसिर १९, २१: २०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ मंसिर १९, २१: २०

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...