काठमाडौं । चलेछ बतास सुस्तरीको रिलिज पछि यो फिल्मकी नायिका सुष्मा कार्कीले राम्रो व्यानरमा काम पाएकी छैनन् । उनी बिगत दुई वर्ष देखि चलचित्र बिहिन अबस्थामा थिईन् । म्युजिक भिडियोका साहारा लिईरहेकी सुष्मालाई पुराना निर्माता प्रसाद श्रेष्ठले आफ्नो चलचित्र ‘साली कस्को भनेको’मा अनुबन्धित गरेका छन् ।
आफ्नो अर्धनग्न छबीका साथ मिडियामा आउने र रातको समय क्बलमा पुगेर बिबादमा मुछिईरहने यी नायिकालाई दर्शकले नयाँ फिल्ममा कत्तिको रुचाउने हुन भन्ने चर्चा यतीबेला चलेको छ ।
त्यसो त यी अभिनेत्रीलाई चलचित्र छायाँकनकै क्रममा बियर पिउने, चुरोट पिउने जस्ता आरोप पनि लाग्दै आएको छ । मदिरा र चुरोट प्रेमी सुष्मालाई चलचित्रको चरित्रमा सुहाउने भएर नायिकाको रुपमा दिएको यसका निर्देशक भद्र भुजेलको कथन छ ।
लामो समयदेखि फिल्म नपाएकी शुष्मालाई साली कस्को भेनाकोले केही राहत देला जस्तो छ । तर उनले आफुलाई सुधारेर अघि बढेमा अरु पनि चलचित्रमा काम पाउने उनका शुभचिन्तकहरु बताउँछन् ।
चलचित्र साली कस्को भेनाकोमा सुष्मासँगै विल्सन विक्रम राई, मरिष्का पोख्रेल, देव सागर, रजनी गुरुङ, बुद्धि तामाङ (हैट), रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, मिन घलानको पनि अभिनय रहने छ ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...