काठमाडौं । मोडल ममता बस्नेत पछिल्लो एक वर्षमा विभिन्न फेशन शोमा ¥याम्पमा छाउन थालेकी छिन् । काठमाडौं स्थित कपनकी यी मोडल यही १७ माघमा काठमाडौंका आई क्लबमा हुने ‘फेशन यात्रा’मा क्याटवाकको तयारमा रहेकी छिन् । उनी पछिल्लो पटक ‘क्रिसमस नाईट फेशन शो एन्ड सिवानी–२०१८’ मा प्रस्तुत भएकी थिईन् ।
काठमाडौंको न्युटन कलेज चाबहिलमा बिएसडब्लु दोस्रो वर्षमा अध्ययनरत उनले आधा दर्जन फेशन शोमा मोडलिङ गरिसकेकी छिन् । कायर बुटिकको फेशन शोबाट मोडलिङ यात्रा सुरु गरेकी ममताले विभिन्न उत्पादनको पेपर एड गरेकी छिन् । बानेश्वरको ए एच टी आई.बाट तीन महिनाको एयर होस्टेज बेसिक ट्रेनिङ सम्पन्न गरेकी उनी मोडलिङसँगै एयर होस्टेज पेशामा पनि आउन चाहिन्छन् ।
अहिलेसम्म राम्रो भएको छ । मोडलिङ क्षेत्रमा मान्छेहरु राम्रा हुन्नन् भन्ने सुने पनि यो क्षेत्रमा आएपछि राम्रा मासिनको सँगत भएको उनले बताईन् । कोरियोग्राफर धिरज तण्डुकारले आफुलाई मोडलिङमा ल्याएको पनि यी मोडलले बताईन् ।
प्रेमको बारेमा सोध्दा उनले भनिन्,‘म कसैको प्रेममा परेको छु । अहिलेलाई यती नै भनौं ।’ नेपाली चलचित्र चलचित्र मन पराउने उनी फिल्म खेल्न चाहन्छिन् । राम्रो फिल्मबाट प्रस्ताव आएमा आफु सिनेमामा आउने उनले बताईन् ।
पार्टीमा वाईन र वियर पिउन रुचाउने उनीलाई ब्वाईफ्रेन्डसँग घुम्न मन पर्छ । ब्वाईफ्रेन्डसँग हुँदा आफुलाई सुरक्षित महसुस हुने गरेको ममताले बताईन् ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...