थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो ट्रेलर रिलिज, सत्यराजको सशक्त कमब्याक – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो ट्रेलर रिलिज, सत्यराजको सशक्त कमब्याक

थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार बेलुका साढे सात बजे ट्रेलर लन्च भयो । राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्धन्द्ध फिल्मको कथावस्तु हो । गायक समेत रहेका सत्यराज आचार्य सिनेमाका केन्द्रिय पात्र हुन् ।

सत्यसहित मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल कलाकार छन् । यो मल्टिस्टारर फिल्मलाई साम्तेन भुटियाले लेखन एवं निर्देशन गरेका हुन् ।
ट्रेलरमै द्धन्द्ध स्थापनाको लागि भएको प्रयत्नले दर्शकलाई इन्गेज गराउँछ । बरिष्ठ पत्रकार युवराज घिमिरेको समेत केमियो भूमिका रहेको सिनेमालाई जर्नलिज्म ड्रामाको रुपमा समेत लिन सकिन्छ ।

नेपाल पत्रकार महासंघ, अन्तराष्ट्रि पत्रकार संघ (आइएफजे)ले केही वर्षपहिले मधेशलाई पत्रकारको लागि असुरक्षित र जोखिम क्षेत्रको रुपमा प्रस्तुत गरेका थिए । पूर्ण कथावस्तु नखुलाइएपनि मुख्य पात्र थुप्रै लेयरको तनावमा देखिन्छ । सुनिल थापा, सत्यराज, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया निर्माता हुन् । फिल्मको भीएफएक्स मूल्यलाई नेपाली सिनेमामै महंगोमध्ये मानिएको छ । चर्चित सेलेब्स सत्य–स्वरुप संगीत, निर्माण, पोस्टप्रोडक्सन, पाश्र्वगायन लगायतमा फिल्मभित्र सक्रिय छन् । फागुन ११ गते सिनेमा रिलिज हुँदैछ ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ माघ २२, ०८: ४५

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ माघ २२, ०८: ४५

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ माघ २२, ०८: ४५

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...