फेरी निर्माण निर्देशनमा उत्रिए अशोक शर्मा – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

फेरी निर्माण निर्देशनमा उत्रिए अशोक शर्मा

काठमाडौं । हाल डिजिटल सिनेमा नेपालका अध्यक्ष रहेका शर्मा १४ वर्षको अन्तराल पछि एकल निर्माता र निर्देशकको रुपमा पुन चलचित्र सृजनामा फर्किएका छन् । २०५९ सालमा चलचित्र ‘मितिनी’ निर्माण गरेपछि एकल निर्माताको रुपमा अशोक शर्मा चलचित्रमा आएनन् । यो १४ वर्षमा उनी चलचित्रको बितरण र हल सञ्चालनमा व्यस्त भए ।

अशोक शर्मा यतीबेला उनी चलचित्र ‘जय भोले’को निर्देशन निर्माणमा व्यस्त छन् । यो चलचित्र १ फागुनबाट झापादेखि छायाँकन सुरु हुँदैछ । चलचित्रको निर्माण घोषणा बिहिबार राजधानीमा एक समारोहबीच उनले गरे ।

सो समारोहमा बोल्दै यतीलामो समयसम्म आफु चलचित्र निर्माण निर्देशनमा नआउनुको कारण बारे शर्माले भने,‘मैले पछिल्लो चलचित्र मितिनी निर्माण गर्दासम्म पुरानै प्रविधि र शैलीमा चलेको नेपाली सिनेमा उधोगलाई डिजिटलमा परिणत गर्नु पर्छ भन्ने प्रस्ताव साथीहरु नकिम उद्दिन, भाष्कर ढुँगान र राजेश सिद्धीबाट आयो । नेपाली चलचित्रलाई डिजिटल प्रविधिबाट निर्माण, वितरण र प्रदर्शनमा लाग्ने क्रममा मेरो यो १२ वर्ष बितेको हो ।’

आफु नेपाल चलचित्र निर्माता संघको अध्यक्ष रहेको त्यो बेला जयनेपाल हललाई डिजिटल गर्नुको साथै चलचित्र कागबेनी निर्माण थालिएको स्मरण गर्दै उनले भने,‘म पनि डिजिटल फिल्म अभियानमा लाग्दा मलाई बिदेशी सिनेमाको दलाल भन्दै सिनेकर्मी साथीहरुले जयनेपाल हलसमेत बन्द गरे । तर नकिम, भाष्कर, राजेश र म पछि नहटी डिजिटल अभियानमा लागेपछि त्यत्तिबेला हिट हुँदा डेढ करोड व्यापार गर्ने नेपाली चलचित्र आज २० करोड व्यापार गर्न सक्ने भएको छ ।’

पशुपतिप्रसाद हेरेपछि खगेन्द्र लामिछानेको कामबाट प्रभावित भएर उनकै स्क्रिप्टमा मुख्य कलाकार लिएर जय भोले सुरु गर्न लागेको पनि निर्देशक शर्माले जानकारी गराए । आफुले निर्देशन गर्न लागेको चलचित्र जय भोले एउटा सानो शहरको कथामा केन्द्रित हास्यप्रधान रहेको अशोक शर्माले बताए । यो चलचित्रलाई आगामी दशैंको फुलपातिमा रिलिज गर्ने योजना पनि उनले सुनाए ।

लेखक अभिनेता खगेन्द्र लामिछानेले अहिलेका दर्शकको चाहना अनुसारको एउटा फ्युजन शैलीको चलचित्र अशोक शर्माले निर्माण गर्न लागेपछि जय भोलेको आलेक तयार भएको बताए । निर्देशक शर्माको कार्य क्षमता र सक्रियताको प्रसँसा गर्दै खगेन्द्रले जय भोलेमा आबद्ध हुँदा आफुले अग्रज सिनेकर्मीबाट धेरै कुरा सिक्न पाएको बताए ।

चलचित्रका अन्य निर्माता किरण शर्मा, कृति शर्मा, अंकित शर्मा हुन् । पुरुषोत्तम प्रधानले खिच्ने जय भोलेमा राजनराज शिबाकोटी र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको नृत्य निर्देशन, रोशन बिक्रम भट्टराईको द्धन्द्ध निर्देशन रहने छ । यो चलचित्रमा खगेन्द्रसँगै सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बसुन्धरा भुसाल, जयनन्द लामा, राजाराम पौडेल, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, किशोर भण्डारी लगायतको अभिनय रहने छ ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ माघ २९, ०९: १०

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ माघ २९, ०९: १०

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ माघ २९, ०९: १०

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...