भारतीय अभिनेत्री श्रीदेवीको निधन – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

भारतीय अभिनेत्री श्रीदेवीको निधन

काठमाडौं । भारतीय सिनेमा उधोगकी चर्चित अभिनेत्री श्रीदेबीको ५४ वर्षको उमेरमा गएराती युएईको आभुदावीमा हृदयघातका कारण असामयिक निधन भएको छ । उनी त्यहाँ आफ्नो भान्जाको विवाहमा परिवारका साथ पुगेकी थिईन् ।

श्रीदेवीका पति बोनी कपुरका अनुसार उनलाई राती हृदयघाट भएपछि अस्पताल लगिएको थियो । अस्पताल पुग्दा उनको निधन भईसकेको पारिवारिक श्रोतले जनाएको छ । आईतबार विहानै श्रीदेवीको निधनको खबरले बलिउडकर्मी सहित उनका फ्यानहरु स्तव्ध भएका छन् । उनीप्रति सामाजिक सञ्जाल मार्फत लाखौंले श्रद्धासुमन व्यक्त गरेका छन् ।

आइतबार बिहानसम्म श्रीदेवीको शवलाई मुम्बई ल्याउने बारे परिवारबीच छलफल हुँदैछ । विवाहका लागि उनका पति एवं निर्माता बोनी कपुर सहित सबै परिवार आवुदावी पुगेकाले सबै उतै छन् । उनको अन्त्यष्टी मुम्बईमा गर्ने बारे पारिवारिक छलफल भईरहेको पारिवारिक सुत्रले जनाएको छ । यो समाचार तयार पार्दासम्म उनको शब मुम्बई ल्याईएको थिएन ।

१३ अगष्ट सन १९६३ मा तामिलनाडुमा श्रीदेवीको जन्म भएको हो । उनका दुई सन्तान छन् । जस मध्य छोरी जान्ह्वी कपुर बलिउडमा अहिले नयाँ फिल्मको छायाँकनमा व्यस्त छिन् । श्री देबीले चार वर्षको उमेरमै तालिम फिल्म कंधन करुणईबाट अभिनय सुरु गरेकी थिईन् । त्यसपछि उनले बालकलाकारको रुपमा केही तेलुगु र मलयालम फिल्ममा अभिनय गरिन् ।

सन १९७९ मा फिल्म सोलहवां सालमा नायिका बनेर उनले बलिउड यात्रा सुरु गरेकी थिईन् । सन १९८० को दशकमा उनी बलिउडमा सर्वाधिक व्यस्त र लोकप्रिय रहिन् । त्यो समयमा श्रीदेवीले हिम्मतवाला, मिष्टर इन्डिया, नागिन, तोहफा, खुदा गवाह, सद्मा, बलिदान, मास्टर जी, सरफरोस, आखिरी रास्ता, सुहागन, घर संसार कर्मा, जोशिले, जवाव हम देंगे, चाँदनी, गुरु, चालवाज, राम अवतार, पत्थर के इन्सान, चन्द्रमुखी, लम्हे, रुपकी रानी चोरोंका राजा, चाँदका टुक्डा, लाड्ला, आर्मी, मिस्टर बेचारा, जुदाई जस्ता थुप्रै हिट फिल्म दिईन् । श्रीदेवीले करिव तीन सय ओटा फिल्ममा अभिनय गरिसकेकी थिईन् ।

श्रीदेवीको पहिलो विवाह अभिनेता मिथुन चक्रवर्तीसँग भएको थियो । तर त्यो विवाह लामो समय टिक्न सकेन । पहिलो दाम्पत्य जीवन सुखद हुन नसकेपछि श्रीदेवीले २२ वर्ष अघि निर्माता वोनी कपुरसँग दोस्रो विवाह गरेकी थिईन् ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ फाल्गुन १४, ०८: ०८

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ फाल्गुन १४, ०८: ०८

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ फाल्गुन १४, ०८: ०८

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...