सिद्धिकाको बाल मोडलिङमा सफलता – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

सिद्धिकाको बाल मोडलिङमा सफलता

काठमाडौं । पछिल्लो समय ¥याम्प मोडलिङमा उत्रँदै आएकी बाल मोडलहरु मध्य एक हुन् सिद्धिका धामी । स्कुलका विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गर्दै आएकी ललितपुर कुपण्डोलकी सिद्धिकाले व्युटी पेजेन्ट र र्याम्प शोमा पनि आफुलाई प्रस्तुत गर्दै आएकी छिन् ।

¥याम्प शोमा आफुलाई प्रखर रुपमा प्रस्तुत गरेकै कारण उनलाई फेरी अर्को सफलता मिलेको छ । इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१८ प्रतियोगितामा सिद्धिकाले दुई ओटा अवार्ड जितेकी छिन् । उनले फेशन र मोडलिङको अवार्ड जितेकी हुन् ।

सिद्धिकाले सो प्रतियोगितामा बेस्ट डे«स र बेस्ट क्याटवाकको उपाधि जितेकी छिन् । सिद्धिकाले बेस्ट डे«स जितेकोमा फेशन डिजाईनर काजल शर्माले खुसी व्यक्त गरेकी छिन् । सो प्रतियोगिताको धेरै जसो डे«स काजलले डिजाईन गरेकी थिईन् । काजलले नै तयार गरेको डे«सबाट सिद्धिकाले बेस्ट डे«सको अवार्ड जितेकी हुन् । यो सफलता कालज र सिद्धिका दुबैको हो । त्यसैले यसलाई आफुहरु दुबैको सफलताको रुपमा आफुले लिएको काजलले बताईन् ।

सिद्धिकाको क्याटवाक पनि त्यत्तिकै राम्रो छ । यस्तै मोडलिङ दक्ष मानिएकी उनले भविष्यामा सफल मोडल बन्ने सँभावना बोकेकी छिन् । सिद्धिकाले क्याटवाकको अवार्ड जित्दा उनी, साथीहरु र परिवार पनि खुसी भएका छन् । उनका बुबा किर्तन धामीले सिद्धिकालाई आउँदा दिनमा छोरीको चाहना अनुसार कला क्षेत्रमा पनि साथ दिने बताएका छन् । नृत्यसँगै छोरीको मोडलिङमा पनि प्रगति देखेर बुबा किर्तन र आमा पवनी पनि खुसी छन् ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ फाल्गुन १४, ०८: ११

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ फाल्गुन १४, ०८: ११

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ फाल्गुन १४, ०८: ११

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...