
काठमाडौं । ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२१’ अन्तर्गत यस वर्षको सर्वोत्कृष्ट छायाँकार अवार्ड (वृत्तचित्र) युवा छायाँकार खेमराज फुलाराले प्राप्त गरेका छन् ।
गत शुक्रवार राजधानीको होटल अर्यालमा सम्पन्न विशेष कार्यक्रममा दर्जनौ प्रतिस्पर्धीलाई पछि पार्दै फुलाराले सो अवार्ड पाएका हुन् । ‘कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित वमन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रमा योगदान गर्ने बरिष्ठ व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ कलाकार लय संग्रौला र मोहन निरौलाले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए । अवार्ड प्रतियोगितामा विश्वका विभिन्न देशबाट नेपाली गीत–संगीत एवम् चलचित्र क्षेत्रमा सक्रिय स्रष्टा सहभागी रहेका थिए ।
अवार्ड वितरण समारोहमा कार्यक्रमका प्रमुख अतिथि आकाश अधिकारीले–‘पुरस्कृत फुलाराको छायांकन क्षेत्रप्रतिको सक्रियता र सफलता तारिफयोग्य छ भनेर प्रशंसा गरेका थिए ।’ अवार्ड पुरस्कृत फुलाराले पनि कार्यक्रम आयोजक र जुरी कमिटीलाई धन्यवाद दिनुहुँदै पुरस्कारले काममा आफू थप उत्साहित भएको बताए ।
उसो त अवार्ड विजेता फुलारा खेमराजले भविष्यको गन्तव्य त्यतिबेलै पहिल्याएका हो– जतिबेला उनी कक्षा ६÷७ मा अध्ययनरत थिए । तर, उनको पेशागत सपना साकारका लागि ग्रामीण परिवेश अनुकुल भएन । र पनि चलचित्र कसरी र कहाँ खिचिन्छ होला, कसरी तयार हुन्छ होला, अनि कुन प्रकारले देखाइएला भन्ने कौतुहल उनको मानसपटलमा झम्टिरहन्थ्यो ।
क्यामेरा र चलचित्रसम्बन्धी चासो बाल्यकालबाटै बढेको हो । विद्यालयको पढाइ सकिनै लाग्दा भने कुशल छायाकार÷सम्पादक बन्ने शोख जाग्यो । जब उनी उच्च शिक्षा अध्ययनमा पाइला टेक्न थाले– तब आफ्नो सानैदेखिको सोखलाई पूर्णता दिन उनी लागे । उच्च शिक्षा अध्ययनसँगै विभिन्न श्रेणीमा एक वर्ष भिडियोग्राफी सम्बन्धी प्रशिक्षण लिए ।
त्यसपछि त क्रमशः व्यक्तिचित्र, वृत्तचित्र, म्युजिक भिडियो, सन्देशमूलक भिडियो, टेलिचलचित्र आदिका लागि छायांकन गर्न थाले । सुरुमा उनले ‘लिंगा, कञ्चनपुर’, ‘गोदावरी, कैलाली’, ‘बद्रीकेदार, डोटी’, ‘चुडी, डोटी’, वृत्तचित्रको छायांकन तथा सम्पादन गरेका थिए ।
त्यसमा सफलता हासिल गरेर नै उनलाई एक दर्जनभन्दा बढी म्युजिक भिडियो र ‘मिसन’, ‘दृष्टि’, ‘हाम्रो नेपाल’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ’, लगायत टेलिचलचित्र छायांकन तथा सम्पादनको प्रस्ताव आयो ।
त्यो जिम्मेवारी पनि खेमराजले उत्कृष्ट ढंगले वहन गरे । अहिले छायांकन÷सम्पादनमा ‘उग्रतारा, डडेल्धुरा’, ‘घटाल, डडेल्धुरा’, ‘शैलेश्वरी, सिलगढी’ आदि ऐतिहासिक वृत्तचित्र सार्वजनिक हुने संघारमा छन् ।
भिडियो क्यामेराप्रति दत्तचित्त भएर लागेको यो ११÷१२ वर्षको यो अवधिमा उनले एक सयजति व्यक्तिचित्र, त्यति नै वृत्तचित्र, दर्जनभन्दा बढी टेलिचलचित्र र सन्देशमूलक विज्ञापनको छायांकन÷सम्पादन गरेका छन् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...