
नयाँ विकल्प,
काठमाडौं – नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ आउँदो कार्तिक ११ गते बिहीबारदेखि हुने भएको छ ।
इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि आगामी कार्तिक ११ गतेबाट ‘रियालिटी डान्स च्याम्पियन शो’ शुरु हुने भएको हो ।
उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ ।
कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.ले गर्ने भएको छ ।
उक्त मेगा शो प्रत्येक बिहीवार र शुक्रवार गरी हप्ताको दुई दिन बेलुकी ९ः०० बजे प्रशारण हुनेछ ।
डान्स च्याम्पियनका निर्णायकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहेका छन् ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...