
नयाँ विकल्प
काठमाडौं – अभिनेता श्यामकुमार मिश्र सवारी दुर्घटनामा घाइते भएका छन् ।
कपिलवस्तुको कृष्णनगरबाट विजयनगर फर्किने क्रममा मंगलबार मध्यान्ह उनी आफै सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा मिश्रको दुबै खुट्टा, हात र ढाड भाँचिनुका साथै शरिरका विभिन्न स्थानमा चोटपटक लागेको छ ।
विजयनगर हाइवेमा रहेको प्रहरी चौकी नजिकैको पोखरीमा लडेको अवस्था रहेका उनलाई गाउँलेले फेला पारेर नजिकको मेडिकलमा पुर्याएका थिए ।
मेडिकलमा पुर्याएको केही घण्टापछि मात्र होस खुलेका मिश्र बुधबारबाट बोल्न र मान्छे चिन्न थालेका छन् ।
मोटरसाइकलको पाटपुर्जा समेत छरिएको अवस्थामा प्रहरीले भेटाएको परिवारले जनाएको छ । नालायक, देउता, ब्वाइफ्रेण्ड लगायत आधा दर्जन बढी नेपाली फिल्म अभिनय गरेका मिश्रले भोजपुरी र नेपाली गरेर दर्जन बढी गीत गाएका छन् ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...