डोल्मा मनाङ थेन तामाङ संस्कृतिको चर्चित मोडल र सह–नायिकाको स्थापित नाम हो । उनको जन्म धादिङ जिल्लाको खनियावास गाउपालिकामा–५, मा भएको हो । कक्षा ८ सम्मको अध्ययन गाउँमै गरेकी डोल्मालाई सानैदेखि कलाकार बन्ने रहर थियो । त्यसैले उनी एउटा सफल कलाकार बन्ने आशमा काठमाडौं आइन् । काठमाडौं आएपछि तामाङ भाषामा तयार गरिएको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाइन् ।
त्यसपछि उनले कलाकारितासँगै पढाइलाई पनि अगाडि बढाइन् । डोल्माले एसएलसी काठमाडौंबाटै पुरा गरिन् । त्यसपछि पशुपति बहुमुखी क्याम्पस चाबहिलबाट समाजशास्त्र, ग्रामीण विकास र नेपाली पत्रकारितामा स्नातकसम्म अध्ययन गरेकी छन् । एसएलसी पास हुनुपहिलादेखि नै उनी अभिनयमा प्रवेश गरिसकेकी थिइन् । उनले अहिलेसम्म कुनै इस्टिच्युटमा गएर कलाकारिताको तालिम लिइएकी छैनन् रे ।
स्कुले जीवनमै नाच्न र गाउन रुचाउने डोल्मा संस्कृत कार्यक्रममा राम्रो नाच्न र अभियन गर्न सक्थिन रे । उनले झन्डै १४ वर्षदेखि विशेष गरेर तामाङ भाषामा तयार भएका म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छन् । त्यसपछि तामाङलगायत नेपाली भाषामा तयार गरिएका म्युजिक भिडियोसमेत गरी झन्डै तीन दर्जन हाराहारी गीतहरुमा सफल मोडलको भूमिका निर्वाह गरिसकेकी छन् ।
डोल्मा २०६२ सालबाट मोडलिङ क्षेत्रमा उदाएकी हुन् । उनले मोडलिङसँगै तामाङ भाषामा आधारित ‘कच्र्योल पोङ’ नामक चलचित्रमा सह–नायिकाको भूमिका निभाइसकेकी छन् । उनको पहिलो कल्चरल सो चर्चित सेलो गायक प्रेम लोप्चनको गीति एल्बम ‘गाउँकी मैच्याङ नाचेको राम्रो डम्फु र टुङुनाले’ बोलको गीतबाट भएको हो । डोल्माले तामाङ भाषाबाहेक थुप्रै नेपाली भाषामा तयार पारिएका म्युजिक भिडियोहरुमा पनि अभिनय गरिसकेकी छन् ।
डोल्मा २०६० बाट म्हेन्दो भाषा युवा समाज नेपाल नामक संस्थामा आबद्ध भइन् । त्यो संस्थाबाट उनलाई मोडलिङ पेशामा फास्टाउन सजिलो भयो रे । यो पोशामा आउँदा घरपरिवारबाट अफ्ठ्यारो भएन भन्ने प्रश्नमा उनी भन्छिन्, –मलाई घरपरिवारको राम्रो सहयोग र समर्थन छ । यो पेशामा आउँदा उनकी आमा धेरै खुशी हुनुहुन्छ रे । परिवारकै प्रेरणाले सफल मोडल बन्न पुगेको बताउँछिन् डोल्मा ।
यो पेशामा लागेका मान्छेलाई पारिवारिक स्वतन्त्रता भएन भने सफल हुन सक्दैनन्, उनले खुलस्त बताइन् । कला क्षेत्र नै किन ? भन्ने प्रश्नमा उनी भन्छिन्, कला क्षेत्रमा आउने खुख्य तीनवटा उद्देश्य छन्, पहिलो आफ्नो शोख र चाहना, दोस्रो तामाङ भाषा जोगाउन र तेस्रो तामाङको भेषभुष, संस्कार, संस्कृति र सामाजिक पहिचानको जगेर्ना गर्नु नै हो । मोडलहरुलाई त अस्लिल सिनहरु पनि खेल्ने अफर आउँछ भन्छन् तपाईलाई त्यस्तो भएन ? भन्दा डोल्मा भन्छिन्, मेरो रोल टिपिकल साँस्कृतिक भएकाले संस्कार, संस्कृति झल्किने खालको मात्र धेरै भएको हुँदा जस्तो पायो त्यस्तो भिडियो खेलिन । त्यस्तो अप्ठ्यारा म्युजिक भिडियोमो खेल्ने अफर पनि आएन । अभिनयको क्रममा नेपालका थुप्रै ठाउँमा डुल्ने मौका पाएकी छन् ।
मोडलकै रुपमा बाहिर पनि जाने मौका पाएकी छन्, डोल्माले । २०६२ सालमै अन्तर्राष्ट्रिय तामाङ सम्मेलनमा भाग लिन दार्जिलिङ जाने अवसर पाएकी थिइन् रे उनले । त्यसपछि २०७४ सालमा ल्होसार नेपाल प्रवासी तामाङ समाजले कतारमा आयोजना गरेको कार्यक्रममा भाग लिन जाने मौका पाएकी थिइन् रे । यो उनको भारतबाहेक पहिलो विदेश यात्रा थियो । त्यहाँ बसेर विभिन्न पेशा गरेका नेपालीहरुलाई तामाङ भाषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराउन पाउँदा निकै खुशी लाग्यो रे उनलाई । धेरै म्युजिक डियोमा सफल भूमिका निर्वाह गरिसकेकी डोल्माले धेरै अवार्ड पनि हात पारिसकेकी छन् । उनले २०७३ सालमा पब्लिक च्वाइस नामक अवार्ड पाएकी थिइन् रे ।
डोल्मा कलाकारसँगै पत्रकार पनि हुन् । उनी दुई वर्षदेखि तामाङ आवाज डटकममा सम्वाददाताको काम गर्दै आएकी छन् । उनलाई कलाकारिता र पत्रकारिता दुवै सिर्जनशील काम भएकाले कलासँगै पत्रकार बन्ने इच्छा जागेको रहेछ । २५ वसन्त नाघेकी डोल्माले विवाह भने गरेकी रहेनछिन् । अहिलेसम्म किन विवाह नगरेको भन्ने प्रश्नमा उनी भन्छिन् ः पढाइ र कामको व्यवस्तताले विवाह गर्ने सोचै आएन ।
विवाह नगर्ने त भन्दा, उनी भन्छिन्, मेरो पेशा र भावना बुझने केटा आएमा नाइ भन्दिँन । अहिलेसम्म लभ परेको छैन ? भन्दा डोल्मा भन्छिन्, आँखाले देखेर लाभ गर्नु र विवाह गर्नु धेरै फरक कुरा हो भन्दै विवाहको बारेमा उनी खासै खुलिनन् । उनी अगाडि भन्छिन्, म बरु विवाह नगर्न सक्छु तर कलाक्षेत्र छोड्दिन । आफ्नो पेशालाई बाजीमा राखेर विवाह गर्ने मोडमा छैनन् उनी । यति पैसा दिए मात्र खेल्छु भन्ने रेट चाहिं रहेन छ डोल्माको । आयोजकले यति दिँदा हुन्छ भनेर दिएकोमा नै सन्तुष्ट छन् रे उनी ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...