फेसन डिजाइनरका लागी ‘हाउस अफ डिजाइनर्स’ – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

फेसन डिजाइनरका लागी ‘हाउस अफ डिजाइनर्स’

काठमाडौं । बेलायतको लण्डनस्थित हायस र साउथ ह्यारो गरी २ ठाउँमा बिगत ६ बर्षदेखी लण्डन फेसन हाउस सञ्चालन गर्दै आएकी फेसन डिजाइनर मनिषा ड्रगोल श्रेष्ठले काठमाडौंको खुसीबुस्थित लिंक रोडमा लण्डन फेसन हाउसकै ‘हाउस आफ डिजाइनर्स’ शुरु गरेकी छिन् ।
गैर नेपाली आवासिय संस्था (एनआरएनए) का अध्यक्ष भवन भट्टले शो ‘हाउस आफ डिजाइन’को उद्घाटन गरेका छन् । एकजना एनआरएनले बेलायतपछि नेपालमा फेशन हाउस सञ्चन गर्नु खुसीको कुरा भएको जिकिर गर्दै भट्टले भने – ‘बिदेशमा करिब ४० लाख नेपाली रहेका छन् र उनीहरुलाई हामीले नेपाली उत्पादनको प्रयोगमा प्रोत्साहित गरिरहेका छौं । लण्डनमा लण्डन फेसन हाउस सञ्चालन गरेसँगै नेपालमा पनि ‘हाउस आफ डिजाइन’ शुरु गरेकी मनिषाको उत्पादन चाडै विश्वका अन्य देशमा पनि पुग्ने विश्वास हामीले लिएका छौं ।’ यसरी ‘हाउस आफ डिजाइनर्स’ स्थापन गरेर बिभिन्न फेसन डिजाइनरलाई रोजगार दिनु सहारनीय कार्य भएको अध्यक्ष भट्टले बताए ।
अभिनेता तथा कोरियाग्राफर÷मोडल प्रशान्त ताम्राकारले मनिषा एक दशकदेखी फेसन डिजाइनमा लागेको र उनले यहाँका डिजाइन र डजाइनरलाई प्रर्बद्धन गर्न यो ‘हाउस आफ डिजाइन’ स्थापना गरेको बताए । एनआरएनए कि महिला संयोजक रजनी प्रधानले पनि एनआरएनए महिलाहरुले देशबिदेमा आफ्नो ब्यवसाय मार्फत रोजगार सिर्जना गरेको जानकारी गराउँदै फेसन डिजाइनर मनिषा डंगोलले नेपाली फेसनलाई युरोपसँगै बिश्वबजार पु¥याउने विश्वास ब्यस्त गरिन् ।
यस्तै लण्डन फेसन हाउस अफ डिजाइनकी निर्देशक मनिषाले स्वतन्त्र रुपमा फेशन डिजाईन गर्दै आएका डिजाइनरलाई लक्षित गरेर डिजाइनर्स हाउस शुरु गरेको बताइन् । हाल त्यहाँ एक दर्जन डिजाइनरले नेपाली र अन्तर्राष्ट्रिय बजारलाई फेसन डिजाइन गर्दै आएको जनाउँदै उनले अरु डिजाइनरका लागी पनि यो ठाउँ उपयोग हुने बताइन् । उद्घाटन पछि बिभिन्न मोडलहरुले ‘हाउस आफ डिजाइन’का नयाँ फेसनको फेसन शो गरेका थिए ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ मंसिर १८, १०: ००

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ मंसिर १८, १०: ००

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ मंसिर १८, १०: ००

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...