दिव्यदेव, गौमाया र शिशिरको ‘महाजात्रा’ – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

दिव्यदेव, गौमाया र शिशिरको ‘महाजात्रा’

काठमाडौं । चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् । नयाँ शृङ्खला षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खलामा हरिवंश आचार्य, दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्देल जोडिएका हुन् ।

कात्तिक १५ गतेदेखि छायाङ्कनको तयारी गरिएकाले महाजात्राको सम्पूर्ण तयारी पूरा भएको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए । चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।

उनले निर्देशन गरेका सम्पूर्ण चलचित्र बक्सअफिसमा व्यावसायिक रुपमा सफल हुनुका साथै दर्शक तथा समीक्षकलेसमेत रुचाएका छन् । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्ने चलचित्रमा कसरी हास्यव्यङ्ग्य यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो ।

स्थापित शृङ्खला र दर्शकको विश्वासिलो समूहसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री गुरुङले बताएकी छन् ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८० कार्तिक ९, १८: २१

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८० कार्तिक ९, १८: २१

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
  • २०८० कार्तिक ९, १८: २१

भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...