काठमाडौं । असोज २६ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’ को टिमले भूकम्प प्रभावितलाई सहयोग गरेको छ ।
रामिडाँडा केन्द्र भएर गएको भूकम्पबाट ठूलो संख्यामा प्रभावित भएपछि सहयोगस्वरुप ५१ हजार रुपैयाँ सरकारी कोषमा सहयोग गरेको चलचित्रका निर्देशक नारायण रायमाझीले बताए ।
सरकारसहित कलाकारहरू पनि भूकम्पप्रभावितलाई सहयोग गर्न जुटेका छन् ।
रायमाझीसहित राजेश वंशल निर्माता रहेको फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ लगायतको अभिनय छ । उक्त चलचित्रले सफलताका साथ राम्रो व्यापार गरिरहेको छ ।
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...
भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...