
काठमाडौं । महानगरपालिका भित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।
महानगरले राति १ बजेसम्म देउसी भैलो खेल्न सकिने व्यवस्था गरेको महानगरका मेयर बालेन शाहले जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगतका वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगर भित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो । ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले ‘राति १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’
साथै मेयर शाहले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सोही अनुरुपको सुरक्षाको प्रबन्ध मिलाउन पनि आग्रह समेत गरेका छन् ।

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...
भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...