तिजका गित : खाेइ माैलिकता ?(भिडियाे) – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

तिजका गित : खाेइ माैलिकता ?(भिडियाे)


नयाँ विकल्प,


काठमाडौं–नेपाली महिलाहरुको महान चार्ड तिजका आफ्नै महत्व छ ।


विषेश गरि अविबाहिता नारीले आफुले चाहेजस्तो वर पाँउ भन्दै निराहार (पानी समेत नखाइ बसिने) व्रत बस्ने र नेपाली संस्कृती रितीरिवाज अनुसारका गीत गाउनु तिजको विषेशता नै हो ।

खेतिपाती लगाएपछि भदौ महिनामा पर्ने तिज बाली भित्र्याउनु भन्दा पहिलेको फुर्सदिलो समयमा पर्छ । विबाहित महिला माईतीमा आउने र महिलाहरुको जमघटमा तिजका गित गाउने चलन छ ।


तिज पर्वको परंपरागत विषेशता केलाउने हो भने । महिला बढि सहभागी हुने र बाद्यवाजन तथा महिलाहरुको खानपिनमा पुरुषहरुले सहयोग गर्ने चलन छ ।


विषेस गरि विबाहित नारी घरका खेतीपाती सकेर माइत आउने र विषेश खानपिन सहित रमाईलो गर्ने चलन तिजको मौलिकता नै हो ।
विबाहिता महिलालाई दाजु भाइ लिन जाने र उनिहरुका साथमा आउने चलन तिज सुरु हुन भन्दा एक महिना पहिल्यै देखि सुरु हुन्छ ।

तर पछिल्लो समय यसको मौलिकता मासिदै गएको छ । यसको मुख्य कारण हो तिजमा गाउने गित र प्रयोग हुने शव्दावली , गतहप्ता दुर्गेस थापाको तिजको गित यसको एक उदाहरण हो । दुर्गेसको “एउटा फोटो खिच” नामको तिजको गितमा नत तिजको मौलिकता झल्कने शब्दावली प्रयोग गरिएको छ नत उक्त गितको लय र नृत्य नै यसको परंपरागत महत्व संग मेल खान्छ ।


गत बर्षको दुर्गेस थापाको “चिसो वियर” नामको तिज गित विबादको चर्चा रहेपछि युटुबबाट हटाएका दुर्गेसले यसपाली । बेसार पानी र देश खानी जस्ता विबादास्पद शब्द प्रयोग गरेर अर्को तिजको गिन बजारमा ल्याएका छन ।

दुईहप्ता अघि सार्वजनिक भएको यो तिजको गित झन्डै ५० दार्शकले हेरिसकोका छन ।

सम्बन्धित समाचार

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७७ श्रावण ३, १९: ५६

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७७ श्रावण ३, १९: ५६

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...

गीतकार सुन्दर पन्तले ल्याए तीज गीत (भिडियोसहित)
गीतकार सुन्दर पन्तले ल्याए तीज गीत (भिडियोसहित)
  • २०७७ श्रावण ३, १९: ५६

काठमाडौं :
नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर गीतकार सुन्दर पन्तले नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’...