कलाकर्मीलाई गणतान्त्रिक सम्मान – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

कलाकर्मीलाई गणतान्त्रिक सम्मान

काठमाडौं । नेपाली चलचित्र, सँगीत, साहित्य, नाटक, चित्रकला जस्ता विविध विधामा निरन्तर योगदान पु¥याएको भन्दै पूर्व प्रधानमन्त्री एवँ माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रष्टाहरुलाई शनिबार काठमाडौंमा सम्मान गरेका छन् । नेपाल देशभक्त गणतान्त्रिक मञ्चले ११ औं स्थापना दिबसमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले ती श्रष्टाहरुलाई देशभक्त गणतान्त्रिक सम्मान–२०७४ बाट सम्मानित गरेका हुन् ।
कार्यक्रमममा बोल्दै अध्यक्ष दाहालले यस्तो सम्मानले श्रष्टाहरुको योगदानको कदर हुनुका साथै सृजनामा अझ उत्साह बढ्ने विश्वास व्यक्त गरे ।
नेपाल देशभक्त गणतान्त्रिक मञ्चकी अध्यक्ष बाबा बस्नेतले मञ्चको ११ औं वार्षिक उत्सबको अबसर पारेर सो सम्मान प्रदान गरिएको बताईन् ।
यसरी सम्मानित हुनेमा चलचित्र क्षेत्रबाट कलाकार सुवास गजुरेल, परशुराम चौधरी, निर्देशक राजु केसी, डब्बु क्षत्री र दृष्य सम्पादक रेणु चौधरी थिए । यस्तै नाट्य क्षेत्रबाट कलाकारहरु किशोर अनुराग, पुरु लम्साल, टिकाराम रसाईली, मोतीबहादुर कार्की, इच्छा सिंह थिए ।
कार्यक्रममा प्रगतिशिल साहित्य क्षेत्रबाट मदन भण्डारी, इद्रिस सायल खाँ, केबल बिनाबी, लक्ष्मी गुरुङ, देबी गुरुङ, अनिल श्रेष्ठ, मणि आर्याल, आकाश अधिकारी, नविनलोचन मगर र रणेन्द्र बराली थिए । यस्तै दुर्गा प्रसाई, स्वस्थानी आलेमगर, बिमललाल श्रेष्ठ, प्रकाश लक्ष्मी तुलाधर र रामप्रसाद गौतमलाई पनि देशभक्त गणतान्त्रिक सम्मान प्रदान गरियो । ललितकलाबाट चित्रकार देबेन्द्र थुम्केली, केशबराज खनाल, जुनी लामा, मानबहादुर दोङ, नेरन्द्र प्रसाद भण्डारी र मूर्तिकार रामकृष्ण भण्डारी थिए । गायन क्षेत्रबाट जनबादी कलाकार प्रदीप बम्जन, पुजा सुनुवार, रीना लिम्बु, कमला दोङ, निर्माला घिसिङ, चित्रसागर श्रेष्ठ र धनकुमारी ग्याङमी थिए । मञ्चका सल्लाहकार राजेश कुमार जोशीलाई बिशेष सम्मान गरियो । यस्तै सञ्चारबाट पत्रकारहरु ओपेन्द्र शर्मा, मनुकुमारी पुलामी, निर्मल ज्ञवाली, दयानिधि भट्ट, धु्रबराज अधिकारी, सन्तोष पौडेल, गोमा घिमिरे र शैलेन्द्र घिमिरे थिए ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ माघ १, ०९: ४७

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ माघ १, ०९: ४७

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ माघ १, ०९: ४७

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...