तेस्रो छायाँछवि काव्य श्रृंखलामा बसन्त र शान्ति – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

तेस्रो छायाँछवि काव्य श्रृंखलामा बसन्त र शान्ति

काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य श्रृंखलाको तेस्रो सृँखलामा गोरखापत्र संस्थानका महाप्रवन्धक एवं कवि बसन्त प्रकाशले कविता बाचन तथा गजलकार शान्ति शर्माले गजलहरु सुनाएका छन् । विहिबार बागबजारको सिटिम्याक्समा नेपाली चलचित्र जगतमा हाँस्य सम्राज्ञी बसुन्धरा भूषाल एवं गीतकार कृष्णहरी बरालको विशेष आतिथ्यतामा छायाँछविले तेस्रो काव्य श्रृंखला सम्पन्न गरेको हो ।
छायाँछवि काव्य श्रृंखलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक बाचनबाट कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले सोृ सृँखला प्रकाश पारे । मन्तव्य राख्दै शान्तिप्रियले साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप आयोजना गरिदै आएको बताए । कार्यक्रमको कवि बसन्त प्रकाश उपाध्ययले एक दर्जन भन्दा बढी कविता सुनाए । उनले ‘उ र म’ शिर्षकको कविताबाट काव्य बाचन सृँखला सुरु गरेका थिए । कवि उपाध्यायले पहिलो चरणमा विर्सिएको भट्टीको कथा, गाईकी त्रिसुल, स्वार्थको साथी, जन्म दिन, पुल शिर्षकका कविता सुनाए । दोस्रो चरणमा फेरी प्रस्तुत भएका कवि उपाध्ययले यो क्रममा मेरी आमा, बर्षाहरु नबर्षन सक्दैनन्, मोनालिसा की बुद्ध ?, आजको समाचार, समय पीडा, सफेद कात्रो, क्यालेन्डर, जिउँदो लास, ड्रमको पानी जस्ता कविता र एउटा गीत सुनाए । आफ्नो कवितासँग्रह चाँडै पाठकमाझ आउने पनि उनले जानकारी गराए ।
यस्तै कार्यक्रममा दुई चरणमा प्रस्तुत भएकी शान्ति शर्माले एक दर्जन गजल प्रस्तुत गरिन् । उनले आफ्ना रेकर्ड भएका र नभएका दुबै प्रकारका गजल सो क्रममा सुनाईन् । उनले सो क्रममा त्यो दिलको मझेरीमा, दुखेको छ छाती, आँशुमा आगो छ, आझैबाट आँखाहरु, मेरो दिल दिमाग अनि लगायतका गजल सुनाईन् । कार्यक्रममा अग्रज अभिनेत्री बसुन्धरा भुषाल र गीतकार डा. कृष्णहरि बरालले उपाध्यय र शर्माको प्रस्तुतिको समीक्षा गरे । उनीहरुको प्रस्तुतिएवँ सृजना ससक्त रहेको भुषाल र बरालको कथन थियो । कार्यक्रमकी संयोजक रश्मि रोदनले छायाँछवि काव्य श्रृंखलाको चौथो श्रृंखला आगामी माघ १६ मा गरिने बताइन् ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ माघ २, ०८: २७

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ माघ २, ०८: २७

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ माघ २, ०८: २७

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...