काठमाडौं । अभिनेत्री प्रियँका कार्की र अभिनेता आर्यन अधिकारीको जोडीलाई दर्शकले रुचाएका छन् । पछिल्लो अमय अग्रज देबी नयाँ पुस्तासम्मका नायकहरुको जोडी बनेर चलचित्रमा प्रस्तुत हुने गरेकी प्रियँका चलचित्र ‘बटरफ्लाइर्’मा तन्नेरी पुस्ताका अभिनेता आर्यन अधिकारीको नायिकाको रुपमा प्रस्तुत भएकी छिन् । के म तिम्रो होईन र ? चलचित्रबाट नायकको रुपमा रजतपटमा आएका आर्यनको बटरफ्लाई दोस्रो चलचित्र हो । यो चलचित्र २८ पुषबाट देशव्यापी रिलिज भएको छ । तीन दर्जन चलचित्रमा अभिनय गरिसकेकी प्रियँका कार्कीसँग आर्यन जोडी बनेर यो चलचित्रमा प्रस्तुत भएका हुन् ।
बटरफ्लाईमा आफु दुईको जोडीलाई दर्शकले मन पराएको आर्यन र प्रियँकाको भनाई छ । माघे सक्रान्तिको अबसर पारेर रिलिज गरिएको यो चलचित्रले शनिबारसम्म राम्रो व्यापार गरेको छ ।
आगामी चलचित्रमा पनि आफुहरु जोडी भएर प्रस्तुत हुने चाहना यी दुई राजधानीमा एक कार्यक्रममा व्यक्त गरेका छन् । नयाँ भएर पनि आर्यनको काम प्रियँकालाई परिपक्क लागेको छ । आर्यनलाई पनि आफुभन्दा अग्रज अभिनेत्री प्रियँकासँग काम गर्दा कुनै अप्ठेरो नलागेको उनको कथन छ ।
पछिल्लो पटक एकै समयमा धेरै ओटा चलचित्रमा काम गरेको आरोप खेपेकी अभिनेत्री प्रियँकाले चलचित्र बटरफ्लाईको चरित्र र कथा आफुलाई मन परेका कारण काम गरेको बताएकी छिन् । अभिनेता आर्यनले पनि पहिलो चलचित्रको तुलनामा बटरफ्लाईमा आफ्नो भूमिका अझ ससक्त र फरक भएको दाबी गरेका छन् । ओम प्रतिक गुरुङले निर्देशन गरेको चलचित्र ‘बटरफ्लाई’ तन्नेरी पुस्ताको प्रेमकथामा आधारित छ ।
काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...
काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...
काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...