बुलबुल भ्यालेन्टाइन डेमा फेरि रिलिज हुने – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

बुलबुल भ्यालेन्टाइन डेमा फेरि रिलिज हुने

काठमाडौं । सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डे कै दिन २०२५ को फेब्रुवरी १४ मा रिलिज हुने भएको छ ।

एमएसएम एपमा विश्वका धेरै देशबाट मोबाइल, गुगल, टीभी, एन्ड्रोइड, अमेजन फायर स्टिक टिभी, सामसुङ टीभी, एलजी टीभी, एप्पल टीभी, हिसेन्स टीभी, भिडियो टीभी, रोकु टीभी एप र कम्प्युटरमा पनि उपलब्ध छ । यसैले हरेक वर्गका दर्शकले आफूले मनपर्ने फिल्म सजिलै हेर्न पाउँछन् ।

चलचित्रका निर्माता अविरल थापाले पहिले हलमा हेर्न नपाएका र नभ्याएका दर्शकले देशभित्र र विदेशबाट समेत बुलबुल हेर्न अत्याधिक माग गरेपछि एमएसएम एपमार्फत पुनः प्रदर्शनमा ल्याउन लागेको बताए । कहाँबाट कतिले चलचित्र हेरे र कति आम्दानी भयो भन्ने सबै चलचित्र निर्माता आफैँले पारदर्शीरुपमा हेर्न सकिने हुँदा चलचित्र निर्माताका लागि र दर्शकको लागि पनि घरमै बसीबसी विभिन्न प्लेटफर्ममा आफनो समयअनुसार चलचित्र हेर्न पाउनु आफैँ राम्रो भएको थापाले बताए ।

स्वस्तिमा खड्काले यो चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभललगायत अन्य घरायसी फेस्टिभलहरूमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन् ।

निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए । यो चलचित्रले नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो । संसारका कैयन अन्य चलचित्र महोत्सवमा पनि छानिएको थियो ।

चलचित्रमा अभिनेता मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायतको पनि अभिनय रहेको छ । मुकुनले २०१९ मा यही चलचित्रबाट आफ्नो फिचर सिनेमामा डेब्यू गरेका थिए ।

यही टिमले बनाएको हरिवंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्र ‘भूठान’ २०८२ वैशाख १२ मा प्रदर्शनमा आउँदै छ ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०८१ फाल्गुन १, १२: ०५

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०८१ फाल्गुन १, १२: ०५

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०८१ फाल्गुन १, १२: ०५

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...