महाकुम्भका मोनालिसा सहित नेपाल र भारतका चर्चित कलाकार मधानी महायज्ञमा आउँदै – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

महाकुम्भका मोनालिसा सहित नेपाल र भारतका चर्चित कलाकार मधानी महायज्ञमा आउँदै

रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरामा हुने मधानी महायज्ञ आउँदो ११ फागुनदेखी सुरु हुदैछ । यस बर्ष हुने मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् ।

मौलापुर नगरपालिकाले मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउँने जनाएको छ । मौलापुरका मेयर रिनाकुमारी साहले मधानी महायज्ञ भव्यरुपमा सम्पन्न गर्नका लागि तयारी तिब्र रुपमा भईरहेको बताउदै मधानीमा नेपाल र भारतका चर्चित कलाकारहरुको सांस्कृतिक कार्यक्रम समेत रहेको बताईन् ।

हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसैगरी मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुदैछ ।

यसअघि मधानी महायज्ञमा हिन्दीका स्टार गोविन्दा, नेपाली स्टारहरु राजेश हमाल, पल शाह, भोजपुरीका स्टारहरु दिनेशलाल यादव निरहुवा, पवन सिंह, खेसारीलाल यादव, अम्रपाली दुवे, अक्षरा सिंह लगायतका नेपाल र भारतका कलाकारहरु सहभागि भईसकेका छन् ।

यसैगरी मधानी महायज्ञमा भारतको काशी विश्वनाथ मन्दिरका मुल पुजारी डा.श्रीदेव मिश्र, बनारस हिन्दु विश्व विद्यालय वेद विभागका प्रमुख प्रोफेसर पतन्जली मिश्र, ईन्डोलोजिक सर्भिसेज काशी, वाराणशी भारतका अध्यक्ष आचार्य शंकर सहितका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने बताईएको छ ।

मधानी महायज्ञमा नेपाल र भारतका साधुसन्तहरुको विशेष जमघट हुने गरेको छ । यस अघिको महायज्ञमा पशुपतिनाथ मन्दिर काठमाडौंका मुल भट्ट, बाबाधाम भारतका पुजारी सहितका विशिष्ट व्यक्तिहरुको समेत सहभागिता भईसकेको छ । यसैगरी महायज्ञमा प्राचिन खेल कुस्ती/दंगलको समेत कार्यक्रम रहेको छ ।

मौलापुर नगरपालिका स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित मधानी महायज्ञ आयोजना हुदै आएको छ । मौलापुरका मेयर साहले मधानी महायज्ञमा नेपाल र भारतका लाखौं दर्शानार्थी आउँने गरेकाले यसले दुबै देशको सम्बन्ध अझै बलियो बनाउँने काम समेत गर्ने बताईन् ।

‘पतौरा स्थित पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग हाम्रो जोडदार माग गर्दछौं । यो धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारले ध्यान देओस,’ मेयर साहले भनिन्, ‘यो पुरातात्विक मन्दिरको उत्खननको केन्द्र सरकारले गरिरहेको छ तर उसको काम ठिक छैन् । कहिले खन्ने कहिले छोड्ने काम गरेर बर्बाद गर्दैछ । सही तरिकाले काम गर्न हामी सरकारसंग आग्रह समेत गर्न चाहन्छौं ।’

मधानी महायज्ञ प्राचिन यज्ञ भएको बताउदै उनले यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको बताईन् । आउँदो फागुन ११ गतेदेखी सुरु हुन लागेको मधानी महायज्ञ पाँच दिनसम्म चल्ने छ ।

मेयर साहका अनुसार ११ फागुनमा उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

‘यो मन्दिर नेपाल सरकारको १०० वटा प्रमुख पर्यटकीय गन्तव्यमा समावेस भईसकेको छ । हजारौं बर्ष पुरानो प्राचिन ईतिहास बोकेको पुरातात्विक महादेव मन्दिरको अनौठो किसिमको महिमा र विशेषता छ । यहाँ गरिने भगवान शिवको पुजा अनुष्ठान पनि विश्वकै एक पृथक एवं मौलिक शैलिको रहेको छ,’ मेयर साहले भनिन्, ‘यस धर्तिमा लोक एवं मौलिक शैलिमा गरिने भगवान शिव पार्वतिको वैवाहिक उत्सवको रुपमा मनाइने धार्मिक अनुष्ठान मधानी हो । जसलाई यस धर्ति र क्षेत्रको विशेष अनुपम शिव अनुष्ठानको रुपमा लिईन्छ ।’

मधानी महायज्ञ आम जनता पार्टी (आजपा)का अध्यक्ष, संघीय सांसद तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ । यस अघि महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी देखी लिएर पशुपतिनाथका मुल भट्ट पुजारीद्धारा बिधिपुर्वक पुजा आराधना भएको थियो । प्रत्येक बर्ष बिभिन्न बिशिष्ट व्यक्तित्वको सहभागिता हुदै आएको छ ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०८१ फाल्गुन १, १३: ०१

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०८१ फाल्गुन १, १३: ०१

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०८१ फाल्गुन १, १३: ०१

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...