काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका लागि त्रिवि सेवा आयोगले ७ सयभन्दा बढी कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै कर्मचारीको लागि दरखास्त आह्वान गरिएको छ ।
प्रशासनिक र प्राविधिक पदहरूमा बढुवा, आन्तरिक तथा खुला, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम अनुसार कर्मचारी माग भएको सूचनामा उल्लेख छ ।

आवेदनका लागि अधिकृत तृतीयस्तरका लागि २ हजार ८ सय रुपैयाँ, मुख्य सहायक प्रथमका लागि २ हजार रुपैयाँ, सहायक द्वितीय पदका लागि १ हजार ५ सय रुपैयाँ र थप समोवशी पदका लागि २० प्रतिशत दस्तुर अनलाइनमार्फत बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
आयोगले शाखा अधिकृतदेखि कार्यालय सहायकसम्मको पदका लागि आवेदन खुलाएको हो । योग्यता पुगेका इच्छुक नागरिकले चैत ११ गतेभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...