
सर्लाही । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत सर्लाहीले पुर्पक्षका निम्ति कारागार चलानको आदेश गरेको छ ।
‘लिटिल बुद्ध’का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलंगवा कारागार चलान गरिएको हो ।सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा बम्जनमाथि ०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो संख्यामा उनका समर्थक तथा अनुयायी अदालतअगाडि जम्मा भएका थिए ।
यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिग अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले ०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गएको चैत ६ गते सफाइ दिएको थियो ।
उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । तर, सोमबार फेरि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी जेल चलान भएका हुन् ।
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेसको...
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा पूर्वसभापति शेर वहादुर देउवाले दायर मुद्धामा सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेसंगै कांग्रेसको राजनीति...