यस्तो छ आजको मौसम पूर्वानुमान – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले छ।

आइतबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

आइतबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।राति कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८२ श्रावण ११, ०७: ३५

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८२ श्रावण ११, ०७: ३५

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...

सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
  • २०८२ श्रावण ११, ०७: ३५

काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...