
काठमाडौं । सिन्धुलीको घ्याङलेखमा बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको रकम लुटेको थियो । मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो ।
लुटपाटमा संलग् ४ जनालाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।‘लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार पाँचसय रुपैयाँ नगद हामीले जंगलमा फालेको अवस्थामा बरामद गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले भने ।
चार–पाँच जनाको संख्यामा रहेका लुटेराले रातको समयमा बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेर घाइते बनाएर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरेका हुन्।लुटेराले खुकुरी प्रहार गर्दा सुरक्षागार्ड रुद्र कार्की घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
लुटेराहरु सवार गाडी र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।लुटेराहरूले काभ्रेको बनेपाबाट रिजर्भ गरेर लगेको बीएड–०३९८ नम्बरको टाढा सुमो गाडीसहित त्यसका चालक भवत सिंह थापालाई नियन्त्रणमा लिएको छ।
‘लुटेराले रिजर्भ गरेर लगेको गाडी र त्यसका चालक बनेपा–१० घर भएका भवत सिंह थापालाई नियन्त्रणमा लिएका छौँ,’ डीएसपी सुवेदीले भने, ‘लुटेराहरूको खोज तलाससहित थप अनुसन्धान जारी छ।’पक्राउ परेका गाडी चालक थापाले आफूले लुटेराहरुलाई नचिनेको दाबी गरेका प्रहरीले जनाएको छ। बैंक जंगल नजिकै रहेकाले लुटेरालाई सहज भएको प्रहरीले जनाएको छ।
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...
काठमाडौं : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौं उपत्यकासहित मुलुकरभर खाना पकाउने...
काठमाडौं | महानगर प्रहरी बलले बजारमा उपलब्ध एलपी ग्यासको निष्पक्ष र सहज वितरण सुनिश्चित गर्न अनुगमन तथा सहजीकरण अभियान सुरु...