धरान–१५ बगरकोटमा झगडा : बोतल प्रहारबाट ४९ वर्षीय सरू नेम्वाङको मृत्यु – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

धरान–१५ बगरकोटमा झगडा : बोतल प्रहारबाट ४९ वर्षीय सरू नेम्वाङको मृत्यु

काठमाडौँ ।  सुनसरीको धरान–१५ बगरकोटमा भएको झगडाका क्रममा बोतल प्रहार हुँदा ४९ वर्षीय सरू नेम्वाङको मृत्यु भएको छ।

प्रहरीका अनुसार बोतल प्रहारबाट गम्भीर घाइते भएकी नेम्वाङको उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे जानकारी दिँदै सुनसरी प्रहरीले उनको निधन भएको पुष्टि गरेको छ।

उक्त घटनामा संलग्न भएको आरोपमा धरान–१५ का ३८ वर्षीय अशोक लिम्बु र ३३ वर्षीय बुद्धबीर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८३ जेष्ठ ८, ११: ५६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८३ जेष्ठ ८, ११: ५६

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८३ जेष्ठ ८, ११: ५६

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...