
नयाँ विकल्प
बझाङ- १२ वर्षीया बालिका बलत्कारपछि हत्यागरेकाे आराेपमा प्रहरीले मष्टा गाउँपालिका-२ खिकाला बस्ने २० वर्षीय राजेन्द्र बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
गत बुधबार बेलुका बोहराले गोरू पुर्याउन भनी आफ्नो घरबाट छाना (गोठ)मा गएकी ती बालिकालाई मष्टा गाउँपालिका-२ स्थित शिवमाण्डौ मन्दिरभित्र बलात्कार गरी हत्या गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न बोहरालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
साथै राजेन्द्रले १३ वर्षीया बालिकालाई घट्टामा पिठो लिन गएको अबस्थामा गत साउन २९ गते साँझ जबरजस्ती करणी गरेको सम्बन्धमा समेत अनुसन्धान भइरहेको छ ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बझाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई प्रदान...