एसिड आक्रमण गर्नेलाई कारावाही गर्ने अध्यादेश जारी – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

एसिड आक्रमण गर्नेलाई कारावाही गर्ने अध्यादेश जारी

नयाँ विकल्प

काठमाडौं– एसिड आक्रमण गर्नेलाई कडा कारवाही गर्ने बाटो खुलेको छ। सरकारले पारित गरी लालमाहोरका लागि राष्ट्रपति विद्यादेवी समक्ष पठाएको सो अध्यादेश सोमबार स्वीकृत गरपछि अपराधीलाई कारवाही गर्ने बाटो खुलेको हो। मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले सोमबार यो सहित आज तीन अध्यादेश जारी गरेकी हुन् ।

उनले जारी गरेको अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश मार्फत सो कानुन ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।नयाँ कानुनमा एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद र १० लाख रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था गरिएको छ ।

साथै आक्रमण र क्षतिको प्रकृति हेरि सोही अनुसारको सजाय तोक्ने व्यवस्था मिलाइएको छ ।फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश,२०७७ जारी गरिएको छ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ आश्विन १२, १५: ४५

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ आश्विन १२, १५: ४५

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ आश्विन १२, १५: ४५

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...