
राजविराज-पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित बेरवामा कार र सिटीरिक्सा एकाआपसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ का ७० वर्षीय बेचनलाल माझी रहेको इलाका प्रहरी कार्यालयका कंचनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । ठक्करबाट गम्भीर घाइते भएका माझीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२१च ६३९ नंको कार र विपरीत दिशाबाट आउँदै गरेको सिटीरिक्सा एकापसमा ठोकिएको थियो । यसअघि हिजोमात्रै सोही दुर्घटनामा परी हनुमाननगर कङ्कालनी नगरपालिका– १ भारदहका ७० वर्षीय बद्री मुखियाको मृत्यु भएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका मुिखयाको भारदहस्थित अस्पतालमा उपचारका लागि लाने क्रममा मृत्यु भएको थियो । त्यस्तै सोही दुर्घटनामा परी घाइते भएका छ जनामध्ये तीन जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य तीन जनाको भारदहस्थित भारदह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस
काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...