गुल्मीमा चट्याङ्ग लागेर ४ घाइते – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

गुल्मीमा चट्याङ्ग लागेर ४ घाइते

नयाँ विकल्प,
गुल्मी – गुल्मीको ईस्मामा गाउँपालिकामा साँझपख चट्याङ्ग लागेर ४ जना गम्भीर घाइते भएका छन् ।

ईस्मा ४ को दोहली कुखरीकाच्यानका रामबहादुर गन्धर्वका ११ वर्षीय छोरा राहुल गन्धर्वको अवस्था चिन्ताजनक रहेको छ ।


सोही वडाको डाँडा गाउँकी राधा भनेर चिनिने १७ वर्षीया राधिका खत्रीको अवस्था पनि गम्भीर रहेको छिमेकी माया कुँवरले बताइन् ।

डाँडा गाउँकी २५ वर्षीया शर्मिला खत्री र २३ वर्षीया गोमा खत्री पनि चट्याङ्ग लागेर घाइते भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार त्यस खत्री परिवारका दुई वटा बाख्रा र एउटा बोका चट्याङ्ग लागेर मरेका छन् ।

सोही वडाको दोहलीस्थित मालारानी टोलकी २५ वर्षीया रुपा नेपाली पनि घाइते भएकी छन् ।

स्थानीय स्वास्थ्य संस्थामा लगिएको र थप उपचारका लागि घाइतेहरूलाई जिल्ला अस्पताल तम्घास ल्याउँदै गरिएको डिएसपी पाण्डेले बताए ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ श्रावण २७, १९: ५८

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ श्रावण २७, १९: ५८

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ श्रावण २७, १९: ५८

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...