
नयाँ विकल्प,
काठमाडौं – पत्रकार मनोज विष्टको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि काठमाडौंको मनमोहन अस्पतालमा उपचाररत पत्रकार विष्टको उपचारकै क्रममा २०७८ साउन २३ गते निधन भएको थियो ।
महासङ्घका महासचिव रोशन पुरीले जारी गरेको शोक विज्ञप्तिमा उज्यालो रेडियो नेटवर्कसहित विभिन्न सञ्चारमाध्यममा लामो समय क्रियाशील विष्टको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु पत्रकार गुमाएको उल्लेख गरिएको छ ।
महासङ्घले स्वर्गीय पत्रकार विष्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।
कोरोनाकै कारण अहिलेसम्म २१ जना पत्रकारको निधन भएको छ भने एक हजारभन्दा धेरै पत्रकार सङ्क्रमित भएका छन् ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...