सिमकोट विमानस्थलबाट प्रहरीद्धारा पाँच केजी यार्सागुम्बा बरामद – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

सिमकोट विमानस्थलबाट प्रहरीद्धारा पाँच केजी यार्सागुम्बा बरामद

नयाँ विकल्प्,

काठमाडौं – प्रहरीले सिमकोट विमानस्थलमा पाँच केजी यार्सागुम्बा बरामद गरेको छ ।

शुक्रबार नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट यार्सागुम्बा बरामद गरेको हो ।

हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्बा शर्माका अनुसार विमानस्थलमा प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा बिना पुर्जीको पाँच केजी यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला डिभिजन वन कार्यालयमा पठाइएको छ।

डिभिजन वन कार्यालय बझाङले दुई केजीको छुट पुर्जी दिएको भएपनि ३१ वर्षका नुर्वु तामाङले तीन केजी विना पुर्जीको सामान डिजिटल तराजुबाट तौल जाँच गर्नेक्रममा भेटिएपछि बरामद गरिएको उनले बताए ।

राजश्व तिरेको पुर्जीभन्दा पनि चेकजाँचका क्रममा बढी भेटिएपछि अवैध बरामद गरिएको हो ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ श्रावण २९, २२: २४

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ श्रावण २९, २२: २४

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...

माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
  • २०७८ श्रावण २९, २२: २४

भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...