
नयाँ विकल्प,
काठमाडौं – जुम्लामा बाढीले बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
हिमाली जडिबुटी सेतकचिनी कोरेर घर फर्किने क्रममा जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ७ का एक बालक सहित ३ जनाको ज्यान गएकोे हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार ६० वर्षका बिर्खे रावत, ३५ वर्षकी जैसरा रावत र १० वर्षका छोरा सन्देस रावतको ज्यान गएको छ । जैसरा र सन्देस आमाछोरा र बिर्खे रावत सन्देसको ठूलो बुवा रहेको प्रहरीले जनाएको छ ।
स्थानीय खोलाको पानी जम्मा भएर ताल बनेको र त्यो ताल फुटेर आउँदा बगाएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेको भनाइ छ ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...