बैंकिङ कसूर मुद्दामा फरार रहेका ढुंगाना पोर्चुगलबाट पक्राउ – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

बैंकिङ कसूर मुद्दामा फरार रहेका ढुंगाना पोर्चुगलबाट पक्राउ

नयाँ विकल्प,


काठमाडौं – झण्डै तीन करोड रुपैयाँको बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।

देव विकास बैंकका काठमाडौं र ललितपुरका विभिन्न शाखाबाट सवारी कर्जा शीर्षकमा २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएका काभ्रेका केदार ढुंगानालाई इन्टरपोलको सहायतामा पोर्चुगलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

उनले लिएको ऋण नबुझाएपछि धितो राखेका गाडी लिलामीको लागि यातायात कार्यालयमा पत्राचार गर्दा बैंकको नाममा गाडी नै नरहेको देखिएको थियो ।

अनुसन्धानको क्रममा केदार ढुंगाना समेतले गाडी कर्जा लिने प्रयोजनको लागि बैंकमा पेस गरेका सवारी दर्ता प्रमाण पत्र समेतका कागजातहरु नक्कली पेस गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

ढुंगानालाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद र सात लाख रुपैयाँ जरिबाना सुनाएपछि उनी फरार रहेका थिए । ढुंगानाविरुद्ध अझै १६ वटा मुद्दा विचाराधीन रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण ३०, २१: ३६

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण ३०, २१: ३६

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ श्रावण ३०, २१: ३६

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...