
नयाँ विकल्प,
भक्तपुर – मध्यपुरथिमि नगरपालिका २ सानो ठिमीस्थित आकृति हार्डवेयरमा नगदसहित चोरी गरेको आरोपमा फरार दुई अभियुक्तलाई प्रहरीले १५ दिनपछि पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ३२ पेप्सिकोला बस्ने पवित्रा भुसालले सानोठिमीमा सञ्चालन गरेको हार्डवेयर पसलबाट यही साउन १५ गते रु एक लाख नगद र रु ३५ हजारको नेपाल बैंकको चेक चोरी गरी फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी वृत्त ठिमीले आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
पक्राउ पर्नेमा मोरङ वीरेन्द्रनगर नपा ३ घर भई हाल काठमाडौं कपन बस्ने ५१ वर्षीय राजु तामाङ र सिन्धुपाल्चोक भोटेकोशी नपा ६ घर भई हाल काठमाडौं कपन मै बस्ने ४२ वर्षीय छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...