
नयाँ विकल्प,
काठमाडौं – न्याय सेवा आयोगको आजको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त सरुवा गरेको हो ।
बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव कृष्णजीवी घिमिरेलाई नायब महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ भने उक्त आयोगमा नायब महान्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई सरुवा गरिएको छ ।
त्यस्तै उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज इजलासमा सरुवा गरेको छ ।
उक्त इजलासमा कार्यरत रजिस्ट्रार ठगिन्द्र कट्टेललाई पाटनमा सरुवा गरिएको बताइएको छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...