सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागु औषध एक जना पक्राउ – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागु औषध एक जना पक्राउ


नयाँ विकल्प,

काठमाडौं – सर्लाहीमा सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागु औषध लिएर हिँडिरहेका एक जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुष्माराले धनकौल गाउँपालिका ३, निवासी २६ वर्षीय जयकिशोर सिंहलाई ना १ ब २२१२ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

सिंहको साथबाट लागु औषध सय एमएलको कोडिवेल कफ सिरफ ३७१ बोतल बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी)गङ्गाराम श्रेष्ठले जानकारी दिए ।

लागु औषधसहित पक्राउ परेका सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन् । उनलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण ३२, २१: ५७

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण ३२, २१: ५७

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ श्रावण ३२, २१: ५७

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...