
नयाँ विकल्प,
काठमाडौं- प्रहरीले गाई काटेको आरोपमा पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।
गोठमा बाँधेको गाई चोरेर काटेको आरोपमा प्रहरीले बाग्लुङ निसीखोला ६ घर भई हाल पोखरा १९ पुरनचौर बस्ने असारी घर्ती मगर, सबिन बुढामगर र अस्मिता बुढामगरलाई पक्राउ गरेको छ ।
पुरुनचौरका केशर बहादुर अधिकारीले पालेको गाईको बाच्छी गोठबाट चोरेर लगेको भन्ने जानकारी पाए लगत्तै खोजतलास गर्ने क्रममा गाई काटिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले बताए ।
उनका अनुसार अधिकारीको गोठ देखि २ किमी टाढा लगेर गाई काटेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...