कञ्चनपुरमा ४ किलो चरेससहित ३ जना पक्राउ – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

कञ्चनपुरमा ४ किलो चरेससहित ३ जना पक्राउ

नयाँ विकल्प,

कञ्चनपुर- चार किलो लागुऔषध चरेससहित कृष्णपुर नगरपालिका २ प्रगती टोलबाट प्रहरीले आज साँझ तीन जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले चार किलो ४९० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार चरेससहित पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका २ बंकका ३६ वर्षीय गणेश भण्डारी र बझाङ छबीस पाथिभरा गाउँपालिका ५ का ३२ वर्षीय झलक जाग्री रहेका छन् ।

पक्राउ परेकाहरूको शरीर खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा चरेस फेला परेको उनले बताए ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र ४, २२: ५५

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र ४, २२: ५५

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ भाद्र ४, २२: ५५

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...